राराका लागि भिजिट कर्णालीको नयाँ वर्ष प्याकेज

२७ चैत, काठमाडौं । भिजिट कर्णाली ट्राभल्सले पर्यटकीय स्थल राराका लागि नयाँ वर्ष प्याकेज ल्याएको छ । नेपालको सबैभन्दा ठूलो ताल रारा पुग्नका लागि भिजिट कर्णालीले स्थल तथा हवाइमार्ग लक्षित गरी अफर ल्याएको हो ।

हवाईमार्ग भएर जानेका लागि तीन रात चार दिनको अफर ल्याएको छ भने स्थलमार्गको सात दिनको अफर ल्याइएको छ ।

हवाइमार्ग भएर जानेहरुका लागि काठमाडौंबाट सीधै पहिलो दिनमै रारा पुग्न सकिन्छ भने स्थलमार्ग भएर जाने हो भने तेस्रो दिनमा मात्रै पुग्न सकिन्छ ।

स्थल मार्गमा पहिलो दिन सुर्खेत, दोस्रो दिन कालीकोट र जुम्लाको सीमानामा पर्नेर् नाग्म हुँदै तेस्रो दिन रारा पुग्न सकिन्छ । हवाइमार्गबाट काडमाडौंदेखि नेपालगञ्ज हुँदै मुगुको ताल्चा विमानस्थलमा पुगेर ३ घण्टा पैदलयात्रा गर्नुपर्छ ।

रारामा दुई रात बस्न चाहनेहरु रारा पुरा परिक्रमा गर्दै नजिकै रहेको मुर्मा गाउँ र मुमा टपमा हाइकिङ जान सक्छन् । मुर्मा समुन्द्री सतहबाट ३ हजार ८ सय मिटर उचाइमा छ । यो स्थानबाट राराको पूरा आकृति हेर्नलाई सबैभन्दा उपयुक्त स्थल हो ।

यो स्थानबाट मध्य र सुदूरपश्चिममा ८ जिल्ला अवलोकन गर्न सकिन्छ । स्थलमार्ग भएर जानका लागि प्रतिब्यक्ति २५ हजार र हवाइमार्ग भएर जान ३५ हजार रुपैयाँ खर्च लाग्ने भिजिट कर्णाली प्रबन्ध निर्देशक राजु कार्किले बताए ।

उनले भने,’यो खर्च हामीले नयाँ वर्षका लागि आन्तरिक पर्यटकले अफर ल्याएको हो ।’ यसमा रारा जाने पर्यटकका लागि सम्पूण खर्च ब्यहोरिने बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार