आगामी जुलाई १ तारिखमा बेलायतमा हुने ‘बक्स अफिस फिल्म फेयर अवार्ड’ को तयारी अन्तिम चरणमा पुगेको छ । थर्ड आई नामक संस्थाले जुलाई १ तारिख साँझ अल्डरसटस्थित एम्पायर हलमा अवार्ड कार्यक्रम गर्दैछ । हलकोसमेत सिंगारबटार चल्दैछ ।
थर्ड आईका विकास देवकोटाका अनुसार ०७३ सालभर प्रदर्शन भएका करिब ९० नेपाली चलचित्रबाट ३२ विद्यामा अवार्ड दिइने छ ।
अवार्डका लागि वरिष्ठ अभिनेता नीर शाह, शिव श्रेष्ठ, भुवन केसी, करिष्मा मानन्धर, प्रियंका कार्की, स्वेता खड्का, दीपकराज गिरी, दीपाश्री निरौला लगायतका ४० बढी कलाकार बेलायत आउने कार्यक्रम छ ।
अमेरिकाबाट कम्तीमा दश जना कलाकार आउने र बेलायतकै स्थानीय कलाकारहरु समेत कार्यक्रममा सहभागी हुने जनाइएको छ । नेपाली फिल्मलाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले अवार्ड आयोजना गरिदै आएको छ । हरेक वर्ष फरक फरक देशमा यो अवार्ड आयोजना गरिने आयोजकको नीति छ ।