प्रहरीले शाहसहित रक्षा वैद्य, सुनील प्रजापती, महेश्वर राउतलाई पक्राउ गरेको छ । वैद्य र प्रजापती श्रीमान श्रीमती हुन् । जिल्ला अदालत काठमाडौंबाट बुधबार प्रहरीले चारैजनालाई ठगी मुद्दामा थुनामा राख्ने म्याद लिएको छ । उक्त ठगी घटनाको अनुसन्धान प्रारम्भिक चरणमै रहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले बताए । शाह नेविसंघका पूर्वकेन्द्रीय उपाध्यक्ष हुन् ।
ऋषिकेशजंग शाह पीडित बनेर बुधबार महाशाखा पुगेका थिए । तर, अनुसन्धानका क्रममा ठगीमा उनकै संलग्नता देखिएपछि प्रहरीले हत्कडी लगायो ।
सुरुमा पीडित, पछि अभियुक्त
कांग्रेस नेता शाह आफैँले एक वर्षअघि अपराध महाशाखामा आफू ठगिएको भन्दै उजुरी गरेका थिए । रीता वैद्यको आफूलाई ठगी गरेको भन्दै उजुरी परेको थियो । त्यसवेला वैद्य भारत भागेकी थिइन् । जसकारण प्रहरीले पक्राउ गर्न सकेन । हालै नेपाल आएको खुलेपछि महाशाखाको टोलीले पोखराबाट उनलाई पक्राउ गरेको हो ।
उनलाई पक्राउ गर्न शाहले नै प्रहरीमा दबाब दिएका थिए । ‘वैद्यलाई पक्राउ गरेर अनुसन्धान गर्दा घटनाको कथा मोडियो,’ अनुसन्धानमा आबद्ध महाशाखाका एक अधिकारीले भने, ‘उठाएको भन्दै करिब ७० लाख शाह आफैँले राखेको देखियो । जस कारण उनी पनि अनुसन्धानमा तानिएका हुन् ।’ वैद्यले एक करोड १५ लाख रुपैयाँ लिएको र बाँकी पैसा शाहले नै राखेको बताइन् । अनुसन्धानले पनि केही पैसा उनले नै राखेको खुलेपछि उनी पीडितबाट अभियुक्त बनेका हुन् ।
शाहले भने प्रहरीले आफूलाई फसाएको आरोप लगाएका छन् । शाहले नै विभिन्न व्यक्तिलाई अमेरिका पठाइने भन्दै २-२ लाखका दरले पैसा र पासपोर्ट बुझाएका थिए । जुन कुरा शाहले स्विकारेका छन् । अवैध रूपमा विदेश पठाउने भन्दै पैसा उठाउनुले नै घटनामा उनको संलग्नताको पुष्टि हुने प्रहरी अधिकारी बताउँछन् । पीडितसमक्ष वैद्यलाई उनले अमेरिकी दूतावासमा काम गर्ने केटी भन्दै चिनाएका थिए ।
नयाँ पत्रिकाले लेखेको छ, ठगीको उद्देश्यले नै वैद्यलाई दूतावासको कर्मचारी बनाएर भ्रममा पारी पैसा लिइएको प्रहरीले जनाएको छ । बुधबारसम्म १० जनाले उनीहरुविरुद्ध ४ उजुरी दिएका छन् । उनीहरूबाट करिब एक सय जना पीडित रहेको प्रहरी आँकलन छ । शाह पीडित बनेरै बुधबार महाशाखा पुगेका थिए । तर, अनुसन्धानका क्रममा ठगीमा उनकै संलग्नता देखिएपछि प्रहरीले हतकडी लगाएको हो । तत्कालै अदालतबाट म्याद थप गरेकाले नेताहरूले छुटाउन दबाब दिए पनि उनी छुट्न सकेनन् ।आजको टिभी अन्नपूर्णमा खबर छ।