Breaking News: निर्माण व्यवसायी महासंघ अध्यक्ष गौचनको गोली हानी हत्या

  जनकराज सापकोटा, अतुल मिश्र

राजधानीमा दिनदहाडै गोली प्रहार:

(गौचनले प्रयाेग गरेकाे कार । तस्बिर : अंगद ढकाल) 

आश्विन २३, २०७४-निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ । सोमबार दिउँसो सवा तीनबजेतिर मोटरसाइकलमा आएका दुई सुटरले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी हत्या गरेका हुन् ।

गोली लागेपछि उपचारको लागि नजिकैको सिभिल अस्पताल लगिएको भएपनि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । सिभिल अस्पतालका निमित्त निर्देशक विमल थापाले अस्पताल ल्याउँदैमा उनको मृत्यु भइकसकेको बताए ।

उनले भने, ‘अस्पताल ल्याउँदा गौचनको मृत्यु भइकसकेको थियो । गौचनको शरीरमा तीनवटा गोली लागेको थियो । एउटा गोली मुटुमा, एउटा कलेजोमा लागेको थियो । अर्को पेटमा लागेको थियो ।’

राजधानीमा दिनदहाडै गोली प्रहार भएको छ । राजधानीको शान्तिनगरस्थित ॐ शान्ति चोकनजिकै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहार भएको हो ।

उनीमाथि दुई राउण्ड गोली हानिएको प्रहरीले जनाएको छ । दुवै गोली उनको पेटमा लागेको छ । उनलाई उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पतालमा राखिएको एसएसपी दिवेश लोहनीले जानकारी दिए ।

उनीमाथि गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सवा तीनबजेतिर मोटरसाइकलमा आएका दुईजनाले गौचनमाथि गोली हानेका थिए । प्रहरीका अनुसार मोटरसाइकल चालकले पिंक कलरको हेलमेट र टिसर्ट लगाएका थिए ।

#kantipur

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार