ऐतिहासिक र पुरातात्विक रानीपोखरीको दुरावस्था – अस्तित्व र इतिहास मेटिने खतरा

काठमाडौँ । सरकारी निकायबीचको विवादले ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीपोखरी पुननिर्माण एक बर्षदेखि अलपत्र परेको छ ।

पुननिर्माण सुरु भएपछि पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच विवाद हुँदा रानीपोखरीको भविष्य नै अन्यौलमा परेको हो । २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरीमा अहिले झारले ढाकेको छ । आजको नागरिकमा खबर छ ।

करिब एक बर्षअघि पुननिर्माणका लागि भन्दै रानीपोखरीको पानी फालेर माछालाई समेत कमलपोखरीमा स्थानान्तरण गरिएको थियो । पोखरीलाई सुख्खा बनाइए पनि पुननिर्माण अघि नबढ्दा रानीपोखरीको अस्तित्व नै संकटमा पर्ने देखिएको छ ।

Photo: Bal Krishna Thapa

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार