भाईटिकाको शुभकामना दिदी, तिमीलाई !

  गणेश पाण्डेय , पोर्तुगल

कयौ बर्ष बिते पत्तै पाईन,
रहर हुदाहुदै पनि बाध्यताले
म यसपाली पनि घर आईन !
माया त कत्ति छ कत्ति यो मनमा ,
देखाऊ कसरी म अहिले !

दिदी भाई भलाकुसारी गरौला
म घर आउला जहिले।
असीम चाहना हुदाहुदै पनि,
म फोन गर्नै सक्दिन !
फोनको घन्टी बजेपछि
यो गला अवरुद्ध भई
म बोल्नै सक्दिन !

नभन्नु मलाई भाई,
स्वार्थी भयो भनेर !
म फर्की आउछु चाडै
सबको ऋण गनेर।
यो निधार खाली भा
दशकौ भईसक्यो !
अब त घर कहिले जाने होला,
आशै गईसक्यो !

म चाडै फर्की आउछु दिदी
पर्खी बस है !
न्यानो माया बोकी आउछु
सम्झी बस है !
यसपाली आउन पाईन दिदी
भाई स्वार्थी भयो न भन है।

भेट्ने त कत्ति हो कत्ति थियो चाहना,
दिदि, तिमीलाई परदेशबाट भाईटिकाको शुभकामना।

#गणेश पाण्डेय  (पोर्तुगल )

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार