सिलाईकटाईले फेरियो जीवन – एकल महिलाबाट उदाहरणीय र नमुना व्यवसायी

रुकुम । पूर्वी रुकुमकी एक महिला सिलाइकटाई व्यवसायबाट गाउँकै नमुना र उदाहरणीय व्यवसायी बन्न सफल भएकी छिन् । भुमे गाउँपालिका ४ मोराबाङ्गकी शर्मिला भुषालको जीवन सिलाईकटाईबाट पूरै परिवर्तन भएको छ ।

एकल महिला भएकै कारण समाजबाट निकै दुख्ख झेल्नुभएकी शर्मिला सिलाईकटाईबाट अहिले भने गाउँकी अगुवा महिलाको रुपमा परिचित बन्न सफल हुनु भएको छ । चार वर्ष पहिले दैनिक जीवन चलाउन गाह्रो थियो । तर सिलाई कटाईबाट अहिले सहज भएको भुषालको भनाइ छ । कपडा सिलाएर अहिले मासिक २५ हजार रुपैयाँ भन्दा बढि आम्दानी गर्न उनी सफल भएकी छिन् ।

श्रीमानको मृत्युपछि गाउँमा आफुलाई कसैले सहयोग नगरेको कारणले गर्दा धेरै दुःख पाएको उनको भनाई छ । समाजमा कसैले सहयोग नगरे पनि जिल्लामा सञ्चालन भएको गैरसरकारी संस्था युएमएनको आर्थिक सहयोगमा लिइएको तालिमबाट उनी आत्मनिर्भर बन्न सफल भएकी हुन् । सिलाईकटाइबाट घर खर्च र छोरीलाई पढाउन सजिलो भएको भुषालको भनाई छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार