भडकिएकी यात्री हु म

भडकिएकी यात्री हु म ,
नसोध न गाऊँ मेरो
अली अली निको भा छ ,
नछोइदेउन घाउ मेरो !

आलों मेरो घाउमा त्यो
कति नुन तिमी छर्यो
कति छिटो भुल्यो तिमी
हिजो तिम्ले के के गर्यो
भडकीएकी यात्री हु म
नसोध न गाऊँ मेरो
अली अली निको भा छ
नछोइदेउन घाउ मेरो !

सहाराको खाचो हुदा
सम्बन्धमा भाजो हाल्यो
बल्ल बल्ल उठेकी छु
फेरी नजिक आउन थाल्यो
भडकिएकी यात्री हु म
नसोध न गाऊँ मेरो
अली अली निको भा छ
नछोइदेउन घाउ मेरो !!!

#शैन्द्र के सी

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार