-लेनिन बिष्ट
”योग्यता हुदाहुदै अयोग्य बनाईएको मान्छे म ”
…………..
तिमिले , गोडाफाट भन्यौ मैले गोडा फाटे , सतर्क भन्यौ म सतर्क बने , अगाडि बढ भन्यौ , म अगाडि बढे , पछाडि हट भन्यौ म पछाडी हटे , सर्टिफिकेट फाल भन्यौ मैले फाले , दस्ताबेज पढ भन्यौ मैले पढे , इतिहास पढ भन्यौ मैले पढे
समाज पढ भन्यौ मैले पढे , अरु कत्ती कुराहरू तिमिले नभन्दा पनि पढे ।
……
तिमिले बन्दुक बोक भन्यौ मैले बोके , कैयौं कुइन्टल भारी पनि बोके , सहयोद्धाका अमर शरीर बोके , घाइते शरीर बोके
रक्तिम सन्देश बोके , बोक्न त आजाद हरुका प्यार पनि बोके
जल्लाद हरुका काला कर्तुत पनि बोके ।
……
घर भनिएन , सम्पत्ति भनिएन , बा आमा भनिएन
प्रीयसी भनिएन , पढाइ भनिएन , केवल भनियो त परिवर्तन ,
हिडियो त मृत्यु लाई हत्केलामा राखेर , भत्काइयो दुश्मनको जिल्ला , बनाइयो आफ्नै लाल किल्ला , जलाइयो बुर्जुवा किताबका पाना पाना , बनाइयो सामन्तिलाइ निशाना ।
…….
तिमी संग आदेश दिन सक्ने क्षमता थियो
म सङ्ग पनि त तिम्रो आदेश मान्ने क्षमता त थियो
……
मैले आदेश पालना गरेकै हु , आफ्नो कर्तव्य निभाएकै हु
भोक भोकै लडेकै हु ।
…….
त्यति बेला
मेरो अपाङ्ग शरीर पनि तिम्रो लागि अमुल्य थियो , किनकी म भाचिएको हात लिएर , बन्दुक चलाउन सक्थे , खुट्टामा गोलिका डल्ला बोकेर , अहोरात्र लड्न सक्थे ।
…….
तिमिले बन्दुक रोक भन्ने बेला सम्म पनि , म तिम्रो लागि प्रीय नै थिए , किनकी म तिम्रा लागि सुरक्षा दिन सक्थे , तिमिलाई हरक्षण पहरा दिन सक्थे ।
……
तर जब तिमी
हामी बस्ने परालको गुन्द्री छाडेर , राता कार्पेटमा बस्न थाल्यौ अनि बिस्तारै मेरो मूल्य तोकिन थाल्यो
…..
जब मूल्य तोकियो
म जस्तै हजारौं लाई हाट बजारमा राखियो , तिमिले पठाएका
कैयौं ग्राहकहरु आए , अङ्ग अङ्ग जाचे ।
……..
खुट्टामा गोलि बोकेको म , भच्चिएको हात बोकेको म
अयोग्य बने
…..
कमरेड !
कुनै बेला त्यही भाच्चिएको मेरो , हात तिम्रा लागि प्यारो थियो होइन ? गोलि लागेको मेरो खुट्टा , तिम्रा लागि तन्दुरुस्त थिए होइन ? म अमुल्य थिए होइन ? म योग्य नै थिए होइन ? तर म आज कसरी अयोग्य भए ?
…….
तिमिले भनेको मोर्चा सम्हालेकै हु , दुश्मन को किल्ला तोडेकै हु , तिमिलाइ गुन्द्री बाट रातो कार्पेटसम्म पुर्याएकै हु , के त्यहा पुर्याउनु मेरो गल्ती थियो ? मेरो अयोग्यताको कारण तिमी त्यहा पुगेको हौ ?
……..
तिमिले त मेरो योगदानको मापन हुनुपर्छ भन्थ्यौ तर मेरो चोट ग्रस्त शरीर नापियो , मेरो शरीरको उचाइ नापियो , तौल नापियो तर खै त तिम्रो उचाइ नापिएको ? खै त तिम्रो तौल नापिएको ? खै त तिम्रो योग्यता नापिएको ?
……..
केही पनि मापन गर्नै नपर्ने तिमी योग्य , तिमिलाई नै योग्य बनाउन शरीरमा गोलि बोक्ने , म कसरी अयोग्य भए ?
(बिष्ट पूर्व माओबादी लडाकु हुन्, जो लडाकु प्रमाणिकरणमा अयोग्य ठहरिएका थिए। ) # बिष्टको फेसबुकबाट