म्यानहन्ट इन्टरनेसनल नेपाल २०१६ को बिजेता समिम खान थाइल्यान्डमा हुन लागेको प्रतियोगिताको लागि अन्तिम तयारिमा जुटेका छन । नेपालको प्रतिनिधित्व गर्दै खान थाइल्यान्डमा हुने अन्तरास्ट्रिय प्रतियोगितामा सहभागी हुने भएका हुन । उनी अहिले तयारिमा छन । सानै उमेर देखि मोडलिङ्गमा रुचि राखेका उनको लक्ष्य भने मोडलिङ्गमै समर्पित हुने बताएका छन । बेलायतको लामो बसाइ पछि नेपाल फर्केका उनी आफ्नै देशमा केही गरु भन्ने मनसायले आएको बताउँछन् ।
बेलायतको लिभरपुल जोनमुर्स बिश्व बिद्यालयमा एम बि ए गरेर नेपाल फर्किएका खान मोडलिङ्गमा रुचि राख्दै उकालो चढन थाले । मोडलिङ्गमा अत्यन्तै रुचि रहेकोले त्यसतर्फ नै आकर्षित भए र २०१६ को उपाधी जिते अनि आफ्नो सपना साकार गरे । उनी भन्छन मेरो नेपालको उत्कृष्ट हुने सपना त पुर भयो अब देशको लागि बिश्व लाई चिनाउन मिहेनत गरेर देखाउछु । विभिन्न म्युजिक भिडियो र बिज्ञापनहरुमा छाएका खान हाल भने अन्तरास्ट्रिय प्रतियोगिताको तयारिमा जुट्दै छन । तयारी सगै उनी ठूलो पर्दाको चलचित्रमा नायकको रुपमा प्रस्तुत हुँदै छन ।
सबेरै उठेदेखि बेलुका सम्म व्यस्त रहन्छु उनले भने तयारी गर्नुपर्दा साथीभाइ र इस्टमित्रलाई समेत समय दिन सकिरहेको छैन । म्यानहन्ट भएदेखी झन बढि स्ट्रगल गरिराखेको उनले सुनाए ।
विभिन्न जिल्लामा हुने प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गर्न निमन्त्रणा आएपनि आफू अनुकुल नमिलेका कारण जान नपाएको गुनासो गरे । आफ्नै गृहजिल्ला तनहुँमा भएका मिस तनहुँ,मिस क्विन, साइनिङ्ग स्टार लगायतका प्रतियोगितामा सहभागी जनाउन बोलाउदा समेत अनुपस्थित हुनु पर्यो निरास मुद्रामा उनले भने ।
आफ्नो कार्यकालको म्यानहन्टको अवधी लगभग अन्तिम समयमा पुगेको बताउदै उनले रास्ट्रको लागि निरन्तर समर्पित रहने बताए । थाइल्यान्डमा हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगितामा रास्ट्रको प्रतिनिधित्व गर्दै जाने र देशको इज्जत राख्नको लागि आफू निकै मिहिनेतका साथ अघि बढेको उनले प्रस्ट्याए ।
नेपालमा पुरुष सौन्दर्य प्रतियोगिता पुरुषहरुको लागि पहिलो र सबैभन्दा ठूलो प्रतियोगिता हो । यो प्रतियोगिता ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले आयोजना गरेको थियो । यहि प्रतियोगिताबाट विजेता हुनेले रास्ट्रको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने गर्दछ ।
प्रतिस्पर्धाको लागि प्रतियोगीहरुको बडि, पर्सनालिटी,ट्यालेन्ट लगायतका विभिन्न विषयको बारेमा मुल्यांकन हुने गर्दछ ।
काठमाडौमा बसेर आफ्नो मोड्लिङ्गलाई निरन्तरता दिदै आएका खान चाडपर्बको लागि गृहजिल्ला तनहुँ आएका छन ।
थाइल्यान्डको सहरमा २२ नोभेम्बरमा सुरु हुने हुने प्रतियोगितामा सहभागी हुन खान जाने तयारिमा रहेका छन । प्रतियोगिता २७ नोभेम्बरसम्म चल्नेछ ।
प्रतियोगितामा बिश्वभरका लगभग ४० देशका प्रतियोगीहरुको सहभागिता रहने जनाइएको छ ।