नेपाल आइडल विजेताहरु बुधबार बिहान लन्डन उत्रिएका छन् । नेपाल आइडल बुद्ध लामासंगै फस्ट रनरअप निसान भट्टराई, सेकेन्ड रनरअप प्रताप दासका साथ टप टेन प्रमिला राई बेलायत उत्रिएका हुन् । नेपाल आइडल टिमसंगै कन्दराका गायक विवेक श्रेष्ठ र होस्ट सुशील नेपाल पनि लन्डन आइपुगेका छन् ।
यो कार्यक्रमको पहिलो शो यहि शुक्रबार नोभेम्बर ३ मा अल्डरसटको एम्पायर हलमा, नोभेम्बर ४ शनिबार फोक्सटन ,नोभेम्बर ५ आइतबार ह्यारोमा, नोभेम्बर ११ रेडिङमा भने अन्तिम शो नोभेम्बर १२ आइतबार प्लमस्टिडमा हुनेछ ।
कार्यक्रमका हरेक शोहरुको लागि अग्रिम टिकट लिनेलाई २० पाउण्ड र ढोकामा लिनेलाई २५ पाउण्ड लाग्नेछ । १० देखि १५ वर्षसम्मका बालबालिकालाई भने १५ पाउण्ड मात्र लाग्नेछ । सबै शोहरु पूरा गरी कलाकारहरु नोभेम्बर १५ मा नेपाल फर्किने कार्यक्रम छ ।