धनगढीमा नेतालाई प्रवेश निषेध – बुद्धचौकका वासिन्दाद्धारा यस्तो आग्रह

दीपक जोशी

बिगतका बाचा पुरा नगरेको भन्दै धनगढीको बुद्धचौकका वासिन्दाले राजनितिक दलका नेताहरुलाई टोल प्रवेषमा निशेध गरेका छन । वडा नम्बर ८ को बुद्धचौकका वासिन्दाले टोल छिर्ने बाटोमा व्यानर टाँगेर चुनावी कार्यक्रम लिएर टोलमा नआउन राजनितिक दलका नेताहरुलाई चेतावनी दिएका हुन । उनिहरुले यस अघिका निर्वाचनमा गरेका बाचा पुरा गरेर मात्रै टोलमा प्रबेष गर्न आग्रह गरेका छन ।

विगतका बाचा पुरा नभएको कारणले राजनितिक दलका नेताहरुलाई बुद्ध चौकदेखी दक्षिणका टोलहरुमा कुनै पनि चुनावी कार्यक्रम लिएर नआउन अनुरोध गर्दछौ स्थानिय वासिन्दाले टाँगेको व्यानरमा उल्लेख छ । साथै बिगतका चुनावमा चुनावी कार्यक्रम लिएर आउदा यस क्षेत्रका पुर्व सांसद र मेयरले गरेका बाचा पुरा गरेमा निर्वाचन जिताउन जस्तो सुकै सहयोग गर्न तयार रहेको कुरा पनि व्यानरमा उल्लेख गरिएको छ ।श्रोत: दिनेश एफ एम

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार