केही समयअघि नेकपा एमाले प्रवेश गरेकी संचाकर्मी तथा गायिका कोमल ओलीले दाक्ष क्षेत्र नम्बर ३ मा एमालेविरुद्ध दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिने भएकी छिन् । ओलीले एमालेको पार्टीगत नीति विपरित जानुहुँदैन भन्ने लागेर उम्मेदवारी फिर्ता लिने मनस्थितीमा पुगको बताइन् ।पार्टीप्रवेश गरे लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक वा प्रत्यक्षमा समावेश गर्ने आश्वासन दिए पनि त्यसो नगरिएकोमा असन्तुष्टी जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।
“नेताहरुले आश्वासन दिने तर पूरा नगर्ने प्रवृत्तिको विरोध गर्दै दिएको उम्मेदवारी पार्टीको नीति विपरित नहोस भनेर फिर्ता लिन लागेकी हुँ ।” ओलीले भनिन् ।यद्यपी आफुले विश्वास गरेको एमाले पार्टीले आफुलाई भने विश्वास नगरेको भन्दै उनले अन्य दलले आफुलाई विभिन्न आश्वासन दिएर सम्पर्क गरिरहेको खुलासा गरिन् । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र नेपाली कांग्रेसका खुमबहादुर खड्कासँग छलफल भइरेको ओलीले बताइन् ।
आफ्नो राजनीतिक भविष्यका बारेमा विभिन्न कोणबाट छलफल चलिरहेको उनको भनाई छ ।