वैकल्पिक धारको राजनीतिको विश्वासिलो विकल्पको रुपमा हेरिएको विवेकशील साझा पार्टीले शुक्रबार चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंको सुन्धरास्थित भत्किएको धरहरा परिसरमा कार्यक्रम आयोजना गरी पार्टीले घोषणापत्र जारी गरेको हो। घोषणापत्र सार्वजनिक समारोहमा पार्टीका संयोजकहरु रवीनद्र मिश्र तथा उज्जवल थापा सहभागी थिए।
घोषणापत्र सार्वजनिक समारोहलाई सम्बोधन गर्दै रवीन्द्र मिश्रले देशमा परिवर्तनका लागि आफूहरु राजनीतिमा आएका बताए। ‘भोट दिने जनताले दुःखमा जीवन बिताउनु पर्ने तर नेता धनी हुने? भोट दिने जनता उपचार गर्न घरखेत बेच्नुपर्ने तर नेता उपचारका लागि विदेशी अस्पताल जाने? यो स्थिति बदल्नु पर्छ भनेर हामी आएका छौं’, उनले भने।
घोषणापत्रमा समेटिएका ५ महत्वपूर्ण विषय निम्नअनुसार रहेका छन्:
१. नेपाली समाजले पछिल्ला दशकहरुमा गुमाएको एउटा सुन्दर गहना इमान्दारी हो। हामी सहज रुपमा नेताहरुलाई भ्रष्ट भनेर गाली गर्छौं। तर हामीमध्ये कितले आफ्नो अनुहार ऐनामा हेरेका छौं? यो देशमा भ्रष्ट्राचार गाउँका सोझा कृषक र मजदूरले गरेका होइनन् र उनीहरुले आफ्नो इमान गुमाएका पनि छैनन्। अलिकति पढेलेखेका, बुझेका, देखेका र हरेक दिन देश बनाउने आदर्श छाँड्ने र हरेक दिन देशलाई घात गर्नेहहरुले इमान्दारी गुमाएका हुन्।
२. राजनीतिक, नीतिगत र प्रशासनिक तहको भ्रष्टाचार निर्मुल गर्न सामाजिक सचेतनासहित आवश्यक कानुनी व्यवस्था मिलाइनेछ।
३. नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सबै मित्रराष्ट्रहरुसँग सन्तुलित वैदिशक सम्बन्ध कायम गर्ने र विशेषगरी दुई ठूला छिमेकीसँग समनिकटताको सम्बन्ध राखी अन्तरार्ष्ट्रिय मञ्चमा नेपाल र नेपालीको स्वाभिमानलाई उच्च राख्ने। सरकारका पदाधिकारीहरु तथा राजनीतिक दलका नेताहरुको विदेशी नियोग, नेता र कुटनीतिक कर्मचारीसँगको सम्पर्कलाई कुटनीतिक कार्यविधिअनुसार हुनुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ।
४. शिषा र स्वास्थ्यजस्ता आधारभूत सेवामा बढ्दो व्यापारिकरणमा रोक लगाई राज्यको प्रमुख दायित्व सुनिश्चित गरिनेछ। निजी क्षेत्र लगायत गैरसरकारी क्षेत्रको भूमिकालाई सुलभ र गुणस्तरीय सेवाका लागि नियमन गरिनेछ।
५. कृषि, जडिबुढी, जलस्रोत, पर्यटन र श्रममुखी उद्योग जस्ता तुलनात्मक लाभका क्षेत्रको पहिचान गरी आधुनिकिकरण र दिगो विकास हासिल गर्ने। सो कार्यमा युवा रोजगारीको पक्षलाई प्रत्यक्ष रुपमा जोड्ने। वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई अभिमुखिकरण तालिम साथै वैदेशिक रोजगार अनुभवको उपयोग हुने वातावरण तयार गर्ने।
काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका संयोजक मिश्रले मुलुकलाई समृद्ध बनाउनुको अर्थ जनतालाई सुखी बनाउनु रहेको स्पष्ट पारे ।
घोषणा पत्रमा समावेशी लोकतन्त्र, पारदर्शी अर्थतन्त्र निर्माण गर्न लागि पर्ने पनि उल्लेख गरिएको छ ।
विवेकशीलले घोषणापत्रमा स्थिर सरकारका लागि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री उपयुक्त हुने समेत बताएको छ ।
घोषणा पत्रमा भनिएको छ, वेस्टमिन्स्टर मोडेलको संसदीय प्रणालीले अस्थिर सरकार, अप्राकृतिक सत्ता समीकरण लगायतका विकृति निम्त्याएको सन्दर्भमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री सहितको शासकीय स्वरुप उपयुक्त हुने पार्टीको ठहर छ ।’
घोषणापत्रको पूर्णपाठ