– यादव देवकोटा
बिकासका लागि राजनीति भन्ने मुख्य नाराका साथ गोरखा जिल्ला क्षेत्र नम्बर १ प्रदेश सभा “ख” का उम्मेदवार राजेन्द्र बजगाईं प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन् । गोर्खाली युवालाई प्रत्यक्ष रोजगारीको अवसर दिएका तथा गोरखाको विकास निर्माणका लागि अहोरात्र खटिएका बजगाईंको अपिल गोरखाको बिकासको लागि मात्र छैन गोरखाली जनताको बिकासको लागि पनि उत्तिकै महत्वका साथ गरिएको छ ।
यस्तो थियो बजगाईको बाल्यकाल
गोरखाको भीमसेन गाउँपालिका मसेल वार्ड न. एक मा एक सामान्य कृषक परिवारमा आज भन्दा करिब ४४ बर्ष अघि जन्मेका राजेन्द्र बजगाईं बाल्यकाल देखि एकदम हठी र साहसी व्यक्तित्वका रुपमा आफुलाई परिचित गराउंदै आएका छन् । आफ्नो बाल्यकालको एक घटना सम्झिदै दरौदी नदीमा आफु अचानक खसेर डुब्न लागेको बेला आफैले पौडिन सिक्ने प्रेरणा पाएको बताए जुन सिप आज उनले अरुलाई उद्धार गर्नमा उपयोग गरेको अनुभव सुनाउछन् । उनको यो भनाइबाट स्पष्ट छ जीवनमा उनले जुन कुरा सिक्छन, त्यसलाई व्यबहारमा उतार्ने गर्छन् र अरुलाई पनि प्रेरणाको श्रोत बन्नुपर्छ भन्ने मान्यता राख्छन् ।
यसरि सुरु गरे राजनैतिक यात्रा
बिद्यार्थी जिबन देखिनै नेपाल बिद्यार्थी संघमा रही काम गर्दै आएका बजगाईं नेपाली कांग्रेसको राजनीतिमा महा समिति सदस्य हुदै नेपाली कांग्रेसको केन्द्रिय सदस्य बन्ने प्रयासमा जुटिरहे।नेपाली कांग्रेसको महाधिबेसनमा केहि मतले केन्द्रीय सदस्यमा पराजित भएपनि उनले आफ्नो राजनैतिक यात्रालाई कहिलेइ बिश्राम मार्न दिएनन् मात्र दौडिरहे । आफु सानै छदा देश परिबर्तनका लागि भएका २०४६ पछिका आन्दोलन हरुमा प्रतक्ष्य सहभागि हुने मौका पाएका बजगाई जननेता बीपीका सहयोगी गोरखा मसेलमै जन्मिनु भएका स्व. नन्दलाल बोहोरा बाट नेपाली राजनीतिमा जम्न प्रेरित भए । यहि व्यवहारिक झुकावका कारणनै उनले नेपाली कांग्रेसमा प्रवेश गरि सक्रिय राजनीतिमा लागेर आफ्नो सिप र लगनले देश र जनताको प्रगतीमा होमिने निर्णय गरेका हुन् ।
कसरि जमे बजगाई व्यवसायमा ?
राजनीति र व्यापारलाई संग संगै अगाडी लिएर बढेका बजगाईंले आफुलाई एक सफल र कुशल व्यापारीका रुपमा प्रस्तुत गर्दै आएका छन् । सानो छँदा आफ्नो गाउँ हुंदै पदयात्राका लागि आएका पर्यटकहरुलाई हेर्दै हुर्केका बजगाईंले देशको आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसायलाईनै आफ्नो मुख्य पेशा बनाउने अठोटका साथ आफु संग जम्मा ३७० रुपैया लिएर काठमाडौँ आएका थिए ।
आफ्नो मेहनत र कार्यकौशलले आज बजगाईंले ट्राभल कम्पनी गोर्खा इन्काउन्टर्स, राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिला परिसरमा क्यासिनो मिलिनिएर्स क्लबलगायत सञ्चालन गरिरहेका छन् । उनी हङकङस्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको सतप्रतिशत लगानीमा सञ्चालित क्यासिनो मिलिनिएर्सका प्रबन्ध निर्देशक हुन् । उनले हाल करिब ७ सयजनालाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । उनी आबद्ध रहेको समूहले रुपन्देहीको भैरहवामा ४ सय कोठायुक्त पाँचतारे स्तरको रिसोर्ट निर्माण गरिरहेको छ जहाँ एकैपटक १ हजार ८ सयजनाले रोजगारी पाउनेछन् भने हालसम्म ५ अर्ब रुपैयाँ लगानी गरिसकेको छ र यसलाई बढाएर १५ अर्ब पुर्याउने घोषणा गरिसकेको छ । साथै उनले पर्यटनसम्बद्ध विभिन्न संघसंस्थामा रहेर पनि काम गरिसकेका छन् । उनले विगतमा पर्यटन व्यवसायीहरूको छाता संगठन ’ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल’ (टान) को महासचिवको कार्यभार समेत सम्हालेर पर्यटन प्रशासनमा समेत आफ्नो नेतृत्वदायी योगदान दिएका छन् । सामान्य विदेशी पर्यटक देखि विश्व चर्चित लव्द प्रतिष्ठित व्यक्ति हरुलाई पनि नेपाल भ्रमण गराउन उनको निकै देन रहिआएको छ । उनकै पहलमा साउदी अरबका राजकुमार अलवलिद बिन तलाल, नेदरल्यान्डका राजकुमार विल्लेम अलेक्जेन्डर लगायत नेपाल भ्रमणमा आएका थिए ।
राजेन्द्र बजगाइ, सफल नाम पनि हो जसले नेपालमा जलवायु परिवर्तनको प्रभावलाइ अन्तर्राष्ट्रियकरण गर्न एतिहासिक कालापत्थर मन्त्री परिषद वैठक गराउन नेतृत्वदायी समन्वयकारी भुमिका निर्भाह गरे । त्यही वैठक र कोपेनहेगन पक्ष राष्ट्रको सम्मेलन (कोप १५ )को वरिपरि जलवायु परिवर्तन अन्तर्राष्ट्रिय राजनीति घुमिरहेको छ । त्यसोत बजगाई धेरै युवाले रोजेको लोकप्रिय पात्र हो, धेरैको आशाको केन्द्र बिन्दु हो ।जिन्दगी आरोह अबरोह हो भन्ने बुझेका बजगाईले जिबन कालमा धेरै बाधा र ब्यबधान हरुको सामाना गरे।युवाहरूलाई आफ्नै ब्यबसाय गर्न प्रेरित गर्ने उनले धेरै उद्यमशील युवाहरूलाई प्रोत्साहित मात्र गरेनन् स्वाबलम्बी बनेर उभिन सिकाए ।खरो स्वभाब भएका बजगाई अरुको दुखलाई पनि आफ्नै दुख सम्झिदै सहयोगको हात फैलाउन कहिलेइ पछि पर्दैनन् ।बास्तबिकता लाई सम्मान गर्ने बजगाई सतहि कुरामा खासै चासो देखाउदैनन् । आफुलाई चित्त नबुझेको कुरा मनमा लुकाएर राख्दैनन् सबैको सामु खुलस्त पारि हाल्छन् ।
यसरी देशको राजनीति र आर्थिक क्षेत्रलाई उकास्न यी क्षेत्रलाई आफ्नो मूल कार्यथलो बनाएका राजेन्द्र बजगाईं यति खेर भने गोरखा क्षेत्र नम्बर १ को प्रदेश ख का लागि नेपाली कांग्रेस र नया शक्तिको संयुक्त्त बाम लोकतान्त्रिक गठबन्धन बाट प्रदेश सभाको लागि उम्मेदवार बन्ने सौभाग्य पाए ।बिगतमा गरेका बजगाईका उदाहरणीए कामले पक्कै पनि गोरखाली मतदाताले बजगाईलाइ साथ र हात पक्कै दिने छन्।
घरदैलोमा बजगाईं
नजिकिदै गरेको मङ्सिर १० गतेको चुनावलाई मध्यनजर गर्दै घर दैलोमा निस्किएका बजगाईले मतदातासंग घरका आँगन र छेउका पर्खालमा बसेर मुस्कुराउदै भोट मागी रहेका छन्।त्यसोत भोक लाग्दा भुटेको मकैको ठेट्ना टोक्ने होस या मंक्सिरको धान भित्र्याउन खलामा पुग्दा धान चुट्ट्ने काम मा होस उनि अघि सरेकै छन्।बजगाईको चुनाब प्रचारको भिन्न शैलीको सामाजिक सञ्जालमा सबैले प्रशंसा गरेका छन् भने अनलाइन मिडियाहरुले पनि मुख्य हेडलाइन बनाएर समाचार छापीरहेका छन्।त्यसोत नेपाली कांग्रेसका तर्फबाट गोरखा क्षेत्र नम्बर १ ख मा प्रदेशसभा सदस्यको उम्मेदवार रहेका युवा उद्यमी राजेन्द्र बजगाई यतिबेला गोरखाका दुर्गम बस्तीहरुमा जनताका सुखदुख बुझ्न व्यस्त छन् । विगतमा धेरै पटक गोरखाको उपल्लो भेगका जनतासंग भलाकुसारी गर्न जाने गरेको भएपनि यसपटक राजेन्द्र बजगाई प्रदेशसभा सदस्यको उम्मेदवारका रुपमा दुर्गम बस्ती छिरेका छन् । जहाँ उनले आसन्न निर्वाचनमा नेपाली कांग्रेसका पक्षमा मतदान गर्न मतदातासंग आग्रह पनि गरिरहेका छन् ।उनी जहाँ जान्छन् त्यहीका जनताको रहनसहनमा रमाउछन् । मत माग्न गएको भएपनि मतदाताको काममा सघाउने उनको बानीले धेरैलाई उत्साहित बनाएको छ । यो शैली जनताको मनोभावना बुझ्ने भिन्न शैली हो जसले मतदातालाई आफ्ना नेता संग घुलमिल हुने सहज बाताबरण निर्माण गर्दछ।
बिकासका लागि राजनीति भन्ने मुख्य एजेण्डाका साथ राजनीतिमा होमिएका बजगाईं लाइ रुखमा मतदान गरौ र बिचार र बिकासमा मतदान गरि समृद्दीको श्वास एक पटक सबै गोरखाली जनताले फेरौं।