मादक पदार्थ सेवन गरी प्रहरी निरीक्षकले चिकित्सकमाथि हातपात गरे, अस्पतालमा सबै सेवाहरु बन्द

सुनसरीमा रहेको जिल्ला अस्पतालमा मादक पदार्थ सेवन गरेर प्रहरी निरीक्षक सन्तोषकुमार पोखरेलले चिकित्सकमाथि हातपात गरेका छन् ।


मादक पदार्थ सेवन गरेर आएका प्रहरी निरीक्षक पोखरेलले चिकित्सकमाथि हातपात गरेपछि केही बेर तनावको स्थिति बनेको थियो । हातपात पछि चिकित्सकहरुले आकस्मिक सेवासहितका सबै सेवाहरु बन्द गरेका छन् । अहिले पनि चिकित्सकहरुले प्रहरी निरीक्षक पोखरेललाई कारवाही माग राख्दै प्रदर्शन समेत गरेका छन् । प्रहरी निरिक्षक पोखरेल जिल्ला प्रहरी कार्यालय, सुनसरीमा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार