क्याप्टेन बिजय लामाले बिबेकशील साझाका उम्मेदवार पुकार बमलाई समर्थन गरेपछि ….

नेपाल एयरलाइन्सका वरिष्ठ पायलट तथा प्रसिद्ध कलाकार साथै समाजसेवी कयाप्टेन विजय लामाले विवेकशील साझा पार्टीका केन्द्रिय सदश्य तथा काठमाण्डौ क्षेत्र न-८ मा प्रत्त्यक्ष तर्फ़का उम्मेदवार पुकार बमलाईसमर्थन गर्दै त्यस क्षेत्रका मतदाताले मत दिएर बिजयी बनाउनु आवश्यक भएको बताएकाछन | साथै उनले देशैभरीबाट मतदाताहरुले विवेकशील साझाका उम्मेदवारलाई तराजू चिन्हमा भोट गरेर जिताउन आग्रह गरेकाछन |

आसन्न संघिय प्रतिनिधि तथा प्रादेशिक निर्वाचनको सन्दर्भमा काठमाण्डौ -८ का उम्मेदवार पुकार बमलाई उनले समर्थन गर्नु को मुख्य कारण चाही पुकार बममा भएको युवा जोश,कटिबद्धता,इमान्दारिता र देशलाई आफ्नै कालमा संवृद्ध बनाइ छाड़ने दृढ अठोट रहेको बताएकाछन |

देश , समाज र जनताको लागि आफ्नो जीवन,समय समर्पित गर्दैन स्वच्छ भावले निष्ठा र सकारात्मक परिणाममुखी राजनीती गरेकोमा पुकार बमलाई धन्यवाद र शुभकामना व्यक्त गरेकाछन साथै राष्ट्रीयतालाई उच्च महत्व र प्राथमिकतामा राखेर राजनीतिभित्रको फोहोर सफा गर्न र शान्त र समृद्ध नेपाल हाम्रै जीवनकालमा बनाउने अभियानमा सफलता मिलोस् उनलाई मतदाताले एक सफल उम्मेदवारको रुपमा मुल्यांकन गरि भारि मतले बिजयी गराउनु पर्ने धारणा राख्दै बिजयी शुभकामना तथा आशीर्वाद दिएकाछन |

• क्याप्टेन लामाले स्विकारेका छन कि अबको नेपालको नेतृत्व सम्हालने र सुसंस्कृत राजनीति मार्फत देशमा बिकास र समृद्धि ल्याउने जिम्मेवारी पुकार जस्ता जोस होस् , भिजन र इमान्दारिता भएका युवाहरुको हो र त्यसैले ठूला पार्टीका उम्मेदवारहरुसंग नडराइकन पाईला अघि बढाउनु पर्ने र मतदातासँग विनम्रता साथ मत माग्नु पर्छ भन्ने सुझाव दिएकाछन|

• पुकार बमले यसकारण पनि अबको निर्वाचनमा जित्न आवश्यक छ किन कि उनले- चिकित्सा शिक्षा क्षेत्रमा आम नागरिकको सहज पहुँच र माफियातन्त्र बिरुद्ध डा गोविन्द केसीको अनशनको समर्थनमा, महाभ्रष्टाचारी लोकमान सिंह कार्कीको बिरुद्धमा होस् या ऐतिहासिक र विश्व सम्पदा सुचिमा रहेको काठमाण्डौको बसन्तपुरस्थित सार्वजनिक जग्गा निजि स्वार्थको लागि महानगरपालिकाले गरेको गलत निर्णय बिरुद्ध सम्पदा जोगाउ अभियानको नेतृत्व , महाभूकम्पको समयमा राहत उद्वार कार्यको सफल परिचालन र महाभूकम्प पिडितको गास बासको उचित ब्यवास्थापनको लागि सरकारसँग जोड्दार माग साथै नेपाल बन्द बिरुद्धको अभियानमा शसक्त भूमिका निर्वाह गरेका र अहोरात्र खटेका विवेकशील अभियंता हुन | शान्त स्वभाव तर कडा मिजास भएका अत्यन्त लगनशिलताका साथ् काम गर्ने पुकारको बौद्धिक क्षमताले नै उनलाई जनता र समाज को लागि इमान्दारिताका साथ काम गर्न शक्ति प्रदान गर्दछ|

• हाल काठमाण्डौ क्षेत्र न. ८ बाट संघिय संसदको लागि प्रत्यक्ष तर्फ़ निर्वाचनमा उम्मेदवारी दिएका पुकार त्यस क्षेत्रमा निकै नै लोकप्रिय बनिरहेकाछन र जनमत बटुल्न सफल भइरहेकाछन | त्यस क्षेत्रमा उनको उम्मेद्वारी कांग्रेसका उम्मेदवार नबिन्द्र राज जोशीको र एमालेका उम्मेदवारको लागि कडा चुनौति बनेकोछ र बिजयी हुने लक्ष्य तर्फ अघि बढेकोछ |
त्यो क्षेत्रको लागि पुकार बम नै उपयुक्त र जवाफदेही प्रतिनिधि हुन् भन्नेकुरामा शंका नरहेको चर्चा मतदाता स्वयंले गर्दैछन |

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार