वजन घटाउने उत्तम र सजिलो तरिका हो तातो पानी र केरा,कसरी/कति खाने पुरा पढ्नुहोस

जापानिज मानिस वजन नियन्त्रण गर्नका लागि बिहानको शुरुवात मनतातो पानी र केराको सेवनले गर्छन् । एक्सपर्ट्सका अनुसार, यसबाट वजन तीव्र रूपमा कम हुन्छ । यो वैज्ञानिक रूपमा प्रमाणित तरिका हो । यसकारण घट्छ, तीव्र रूपमा वजन -एक्सपर्ट्सक अनुसार, मनतातो पानी पिउनाले शरीरको मेटाबोलिज्म बढ्छ । मेटाबोलिज्म बढ्नुको अर्थ, फ्याट बर्न गर्ने पावर बढ्नु हो, जसबाट वजन घटाउन मद्दत मिल्छ ।

-केरा खाँदा शरीरलाई भरिपूर्ण एनर्जी मिल्छ र पेट भरिएको महसूस हुन्छ । यसबाट शरीरलाई केही अरू खाने इच्छा कम हुन्छ । जब व्यक्ति कम खान्छ भने उसको वजन नियन्त्रण रहन्छ । -मनतातो पानी र केराको मिश्रणको सेवनले डाइजेशनमा सुधार आउँछ । यसबाट पनि वजन नियन्त्रण हुन्छ । कसरी प्रयोग गर्ने यो तरिका? बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिउनुहोस् । यसको आधा घण्टा पश्चात् दुई केरा खानुहोस् । यस आहारलाई जापानमा असा(Asa) आहारको नामले चिनिन्छ । आज वजन कम गर्नका लागि जापानमा यो सबैभन्दा लोकप्रिय तरिका हो । किन विशेष छ, जापानिज तरिका? मनतातो पानी पिउँदा शरीरको टोक्सिन्स बाहिर निस्किन्छ र मेटाबोलिज्म बढ्छ ।

यसको आधा घण्टा पश्चात् केरा खाँदा भरिपूर्ण एनर्जी मिल्छ र लामो समय सम्म पेट भरिएको महसूस हुन्छ । यो मिश्रणले मोटोपन घटाउन निकै मद्दत गर्छ । मनतातो पानी र केराको अन्य फाइदा- पेटको समस्या- मनतातो पानी पिईसकेपछि केरा खानुहुन्छ भने पेट राम्रो किसिमले सफा हुन्छ र डाइजेशन सुधार्छ । यसबाट कब्जियत, एसिडिटी र ग्यास्ट्रिकको समस्या हट्छ । एनर्जी- दिनहुँ बिहान केरा खाँदा भरिपूर्ण एनर्जी मिल्छ । यसबाट कमजोरी हट्छ र शरीर सक्रिय रहन्छ ।

स्वस्थ छाला- मनतातो पानी पिउनाले शरीरको टोक्सिन्स बाहिर निस्किन्छ । केराबाट भिटामिन B6 र C भरिपूर्ण मिल्छ । यसको मिश्रणले छालाको चमक बढाउन मद्दत गर्छ । किड्नी- मनतातो पानी पिउनाले शरीरको टोक्सिन्स बाहिर निस्किन्छ । केरामा प्रशस्त पोटाशियम, क्याल्शियम भिटामिन C र B6 जस्ता न्यूट्रीएन्ट्स मिल्छ । यसबाट किड्नी डिजीजको खतरा कम हुन्छ । रगतको कमी- मनतातो पानीले शरीरको अनावश्यक तत्व बाहिर निकाल्न मद्दत गर्छ र रगत सुद्ध हुन्छ ।

केरामा पाईने डायटरी फाइबर्स रगतमा हीमोग्लोबिन लेभल बढाउँछ । यसबाट एनीमियाको समस्या हट्छ । स्वस्थ मुटु- नियमित मनतातो पानी र केराको मिश्रण सेवन गर्नाले शरीरको कोलेस्ट्रोल नियन्त्रण हुन्छ । यसबाट मुटु स्वस्थ रहन्छ र मुटु रोगको खतराबाट छुटकारा मिल्छ । ब्लड प्रेशर- मनतातो पानी र केराको मिश्रण सेवन गर्नाले शरीरमा सोडियम लेभल सन्तुलित हुन्छ । यसबाट ब्लड प्रेशर नियन्त्रण गर्न मद्दत मिल्छ । इम्यूनिटी- मनतातो पानी र केराको मिश्रणले शरीरको इम्यूनिटी बढ्छ । यसबाट इन्फेक्शनको खतरा कम हुन्छ र रोगहरूबाट पनि छुटकारा मिल्छ । स्वस्थ कपाल- मनतातो पानी र केराको मिश्रणको सेवनले कपालको जरा मजबूत रहन्छ । यसबाट कपाल बाक्लो र लामो बनाउन मद्दत मिल्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार