दुई फक्लेटा कागती कन्चेटमाथी राखेर एक घन्टासम्म सेक्नाले टाउको दुख्ने रोग निको हुन्छ ।
-पागलपनका बिरामीहरुलाई कागतीको रस निधारमा लेपन गरिदिनाले धेरै लाभ पुर्याउदछ ।
-कागतीको रसले अनुहारमा मसाज गर्नाले अनुहारमा रहेको चाया निको हुन्छ ।
-कागतीको रसमा मह मिलाई लगाउने र मनतातो पानीले सफा गर्नाले अनुहार चम्किलो हुन्छ ।
-काँचो कागतीको बोक्रा दिनमा २/३ पटक टोक्ने गरेमा पेट दुख्ने रोग कम हुन्छ ।
-कागतीको रसमा २ गुणा पानी,२ वटा ल्वाङ र मरिच राखी सेवन गर्नाले अरुचि भएको मानिसलाई खानामा रुचि हुन्छ । यसको साथै कागती काटेर बिरेनुन छरेर चाट्नाले पनि खानामा रुचि बढ्दछ ।
leamon
७.मनतातो पानीमा कागतीको रस र मिस्री मिलाइ दैनिक रुपमा बिहान ÷बिहान पिउनाले कलेजो सफा हुन्छ ।
-.प्रत्येक दिन बिहान २०० ग्राम तातोपानीमा २ चम्चा ताजा कागतीको रस र १ चम्चा मह सेवनले मोटोपना घट्छ ।
-छालामा आएको कालो दाग,दाद आदि पनि कागती काटेर रगड्नाले ठिक हुन्छ् ।
-.कागती काटेर ढुंगामा घोट्ने र कपडामा पोको पारेर आँखामाथि राखेर सेक्नाले आँखामा कचेरा आउने,रातो हुने र दुख्ने आदि रोग निको हुन्छ ।