२६० भन्दाबढि सुरक्षाकर्मी तैनाथ केन्द्रमा शुन्य मत ! यिनै हुन् त्यहाँका जल्दाबल्दा नेता

कालिकोट । जिल्लाको मालकोटमा शून्य मतदान भएको छ । कालिकोटको मालकोटमाको नन्दादेवी मावि सेरापाटा मतदान केन्द्रमा शून्य मतदान भएको हो । दिउँसो ३ बजेसम्म पनि कोही मतदान गर्न नआएपछि निर्वाचनको लागि खटिएर गएका कर्मचारी र सुरक्षाकर्मी सदरमुकाम फर्केका थिए।

सल्लारुख गाउँमा दिउँसै अज्ञात समूह र प्रहरीबीच दोहोरो गाली हानाहान भएपछि हतार हतार गर्दै कर्मचारी र सुरक्षाकर्मी फर्केका हुन् । मालकोटमा नन्दादेवी मावि सेरापाटामा मतदान केन्द्रमा करिव पाँच दर्नजभन्दा बढी जना नेपाली सेनासहित, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गरी २०० को संख्यामा सुरक्षाकर्मी तैनाथ गर्नुको साथै नेपाली सेनाको हेलिकोप्टरबाट बिहानैदेखि सो क्षेत्रमा गस्ती पनि गरिएको थियो।

मालकोटको शेरापाटामा केही दिन अघिदेखि प्रहरी र स्थानीयवासीबीच सामान्य झडप पनि हुँदै आएको थियो । केही दिनअघि मात्र प्रहरीले ३ जना युवालाई पक्राउ गरेपछि महिलाहरु जम्मा भएर प्रहरीबाट खोसेका थिए । गएराती पनि सल्लारुख गाउँलाई घेरा हालेर छापा मारिएको थियो । सल्लारुख गाउँ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डको गाउँ हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार