विद्यालय पुनर्निर्माणका लागि तमु धि यूकेको च्यारिटी सम्पन्न, २५ लाख संकलन

लन्डन– विद्यालय पुनर्निर्माणमा सघाउन तमु धीं यूकेले च्यारिटी कार्यक्रम गरेको छ ।

तमुधिं यूकेले धादिङको अति दुर्गम गाउँ खादिङमा अवस्थित श्री हिमालय सरस्वती प्राथमिक विद्यालय पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन २५ मार्च आइतबार अल्डरसटस्थित एम्पायर हलमा ‘च्यारिटी डिनर नाइट’ गरेको हो ।‘च्यारिटी डिनर नाइट’बाट २५ लाख रुपिया बढिको कोष संकलन भएको जानकारी दिदै तमु धि यूके अध्यक्ष ज्ञाम गुरुंगले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे ।

एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पहार ट्रष्ट नेपालका अध्यक्ष होवार्ड ग्रीन एमबीईले आफ्नो संस्थाको गतिविधिबारे प्रकाश पार्दै विद्यालय पुनर्निर्माणमा तमुधिं यूकेको अग्रसरताप्रति आभार व्यक्त गरे ।
उक्त विद्यालय भवन सन् २०१५ को महाभूकम्पले क्षतिग्रस्त भएपछि विद्यार्थी पाल टाँगेर पढिरहेका छन् । तमुधिं यूकेले पहार ट्रष्ट नेपालको सहकार्यमा उक्त विद्यालय करिब ५० लाख रुपैयाँ लागतमा पुनर्निर्माण गर्दैछ ।

एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्यले आफ्नो तर्फबाट एक लाख ५ हजार रुपैयाँ चन्दा दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले दाताहरुप्रति आभार व्यक्त गरे । उनले सन् २००० मा स्थापित च्यारिटी संस्था तमुधिं यूकेले बेलायतमा तमु भाषा, कला-संस्कृति संरक्षण र संवर्धनमात्र नगरि नेपाल तथा विदेशमा शैक्षिक, खेलकुद, दैवी प्रकोप, स्वास्थ्य, पर्यटन र मानवीय हितका विभिन्न क्षेत्रमा समेत सहयोग गर्दै आएको बताए ।

संस्थाका सचिव तुलाराम गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा च्यारिटी डिनर नाइट संयोजक सूर्जे (रामचन्द्र) गुरुङले स्वागत मन्तव्य दिए । अर्का संयोजक एवं सल्लाहकार जुमकाजी गुरुङ, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, भीम गुरुङ लगायतले शुभकामना दिंदै संस्थाको सामाजिक कामको खुलेर प्रशंसा गरे ।

सल्लाहकार सूर्य गुरुङ र कल्चरल सेक्रेटरी कृष्ण गुरुङले सञ्चालन गरेको दोश्रो चरणको कार्यक्रममा विभिन्न नृत्य, गायन, राफल ड्र तथा ‘अक्सन’ गरिएको थियो । कार्यक्रममा स्थानीय गायक गायिका ममता गुरुङ, सपनकुमार राई लगायतले गायन प्रस्तुत गरे । ‘अक्सन’ महासचिव कृष्णप्रसाद गुरुङ र राफल ड्र यशोधा गुरुङले सञ्चालन गरेका थिए ।

आयोजकले अन्य च्यारिटीभन्दा निकै फरक शैलीमा आयोजना गरेको च्यारिटी डिनर कार्यक्रममा एनआरएन युके कार्यसमितिको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा एनआरएन आईसीसी सदस्य रामशरण सिंखडा,शान्ति थापा,थर्क सेन ,एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहा मगर,पुनम गुरुगं,सुसिला राई, शेर सुनार, महासचिव आरके त्रिपाठी,पर्वत वेलफेयर सोसाइटीका अध्यक्ष दधि आचार्य, ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष जिव बेल्बासे, एसिएन महिला एसोसिएसन अध्यक्ष अमिता बेल्वासे ,पत्रकारहरु नबिन पोखरेल, श्याम,लुइटेल,शिब भण्डारी,बाचस्पति रेग्मी लगायत बेलायतका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार