यसरी बनायर खानुहोस्,साधेको खसीको मासु


सामग्री :

खसीको मासु : १ केजी ।

प्याज : २ वटा ।

धनियाँको धूलो : २ चम्चा ।

जिराको धूलो : २ चम्चा ।

अम्चुर : १ चम्चा ।

धूलो खुर्सानी र नून : स्वादअनुसार ।

अदुवा र लसुनको पेस्ट : ४ चम्चा ।

हरियो धनिया अलिकति

हरियो पात सहितको प्याज १

विधि :

खसीको मासुलाई स–साना टुक्रामा काट्ने । कराहीमा तेल तताई थोरै मेथी फुराउने र खैरो भएपछि मासु हाल्ने । त्यसमा नुन हालेर सानो आँचमा भुट्ने । अदुवा र लसुनको पेस्ट भुटिसकेपछि धनियाँ, जिरा, खुर्सानी तथा अम्चुर हालेर राम्रोसँग भुट्ने । पाकेपछि खानुअघि यसलाई चिसो हुन दिनुपर्छ । अन्तमा हरियो धनिया र हरियो प्याज स – सानो टुक्रा गरि काटेर राख्ने ,खसीको मासुको यो अचार दर खाँदा स्न्याक्सका रूपमा खान सकिन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार