पैसाकै लागि अपरेसन गर्छन प्रसूतिमा अस्पतालहरु

– राधा खनाल

भद्रपुर : ‘आज भर्ना हुने हो, डाक्टरले बोलाउनुभएको छ’, भद्रपुरकी रमा राजवंशीले खुसी हुँदै भनिन्, ‘उहाँ (पति) ज्योतिषसँग समय लिन जानुभएको छ।’

उनको यो तेस्रो बच्चा रहेछ। यसअघि उनका दुई छोरी छन्। छोरीहरू सामान्य अवस्थामै जन्माएकी उनले यसपटक बेथा सहन नचाहेको सुनाइन्। ‘जतिसक्दो चाँडो अपरेसन गरेरै बच्चा झिक्ने हो’, उनले भनिन्, ‘यसपालि म बेथा सहन सक्दिनँ। मजदुरी गरेर एक महिना सुतेरै खान पुग्ने पैसा मैले जम्मा गरेकी छु।’

कचनकवल बनियानीकी ६५ वर्षकी शारदा पोख्ररेलले बुहारीको अन्तिम महिना चल्दै गरेको र बाटोमा केही हुन्छ कि भनेर आफैं आएको बताइन्। ‘बुहारीको कहिले महिना पुग्छ र अपरेसन गरेर नानी झिक्ने होलाजस्तो भइरहेछ’, उनले भनिन्, ‘हुन त मैले चार छोराछोरी घरमै जन्माएँ, खोइ अहिलेसम्म स्वास्थ्य ठीकै छ। तर, अहिले समय नै के आयो, खतरा किन मोल्नु भन्ने हुने रहेछ।’

मेची अञ्चल अस्पतालमा गत वर्ष सामान्य तवरबाट बच्चा जन्माउने दुई सय ७८ जना र अपरेसन गरेका २ सय ९८ थिए। माघसम्ममा सामान्य तवरबाट ३ सय ७० र अपरेसन गरेर ४ सय एक जनाले बच्चा जन्माएको अधिकृत मनोजकुमार पोख्रेलले जानकारी दिए। गत वर्ष एक जना मात्र प्रसूति डाक्टर थिए भने हाल दुई जना भएकाले धेरै बिरामी हेर्न सकेको उनले बताए।

अस्पतालमा आईसीयू सुविधा उपलब्ध नभएकाले पनि सामान्य तवरबाट जन्मिने बच्चा छ भने पनि अपरेसन नै गर्नुपर्ने बाध्यता रहेको स्त्रीरोग विशेषज्ञ डा. झुमा सिलवालले बताइन्। ‘अहिले बिरामी र बिरामीका आफन्तले सामान्य तवरबाट हुने ग्यारेन्टी दिनु, होइन भने अपरेसन गरिदिनु भन्ने दबाब आउँछ’, उनले भनिन्, ‘त्यसपछि डाक्टरलाई अपरेसन गर्न कर लाग्छ।’

घाउ पाक्ने, रगत जानेजस्ता समस्या हुन्छ भन्न थाल्यो भने बिरामीले उल्टै सरकारले निःशुल्क गरिदिएको छ, अपरेसन गर्न के आपत्ति भन्छन्।

बिरामी बेथा नसहने र जति सम्झाइबुझाइ गर्दा पनि सँगैका बिरामीले अपरेसन ग¥यो भने आपूm पनि आत्तिएर गराइहाल्ने चलन रहेको चिकित्सक सिलवालले बताइन्। तर, अपरेसन गर्दा लगाइने बेहोस पार्ने औषधि पनि आफैंमा जोखिमपूर्ण रहेको जनाइएको छ। घाउ पाक्ने डर र लामो समय ढाड दुख्ने समस्या हुने हुँदा केही बेर बेथा लागोस् भनेर सम्झाउँदा पनि बिरामी सम्झिन तयार नहुने उनले बताइन्।

एक दिनमा १० वटासम्म अपरेसन गरेको सुनाउने अर्का वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. जयकुमार ठाकुरले बिरामीको इच्छाको अघि आफ्नो केही नलाग्ने बताए। उनका अनुसार घाउ पाक्ने, रगत जानेजस्ता समस्या हुन्छन् भन्न थाल्यो भने उल्टै सरकारले निःशुल्क गरिदिएको छ, तपाईंहरूलाई अपरेसन गर्न के आपत्ति भन्छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार