टच आइडी सपोर्ट सहित यी गज्जबका फिचर्स ल्याउदैछ ह्वाट्सएप

इन्स्टान्ट मेसेजिङ एप ह्वाट्सएप आफ्ना प्रयोगकर्ताको अनुभव उत्कृष्ट बनाउनका लागि लगातार नयाँ नयाँ फिचर्स ल्याइरहेको छ ।

अब एकपटक पुनः ह्वाट्सएपमा डार्क मोड, आइफोनका लागि टच आइडी सपोर्ट, ग्रुप पोल तथा ग्रुपमा अधिकतम ४ हजार ९६ सदसयसम्म जोड्नेजस्ता नयाँ फिचर्स ल्याउँदैछ ।

यी फिचर्सलाई निकट भविष्यमै एन्ड्रोइड, आइफोन तथा विन्डोज फोन डिभाइसमा उपलब्ध गराउने विश्वास गरिएको छ । गतहप्ता ह्वाट्सएपले एन्ड्रोइड बिटा भर्सनमा नया नम्बरमा गएसँगै नोटिफाई गर्ने फिचर्स ल्याएको थियो ।

WABetaInfo का अनुसार नयाँ फिचर्स आइओस, एन्ड्रोइड तथा विन्डोज फोन प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । नयाँ फिचर्स अन्तर्गत टच आइडी सपोर्टपनि रहने विश्वास गरिएको छ । सुरक्षाका लागि चिन्तित रहेका प्रयोगकर्ताका लागि यो फिचर निकै उपयोगी हुनेछ । साथै कुनै मेसेजलाई पिन गर्ने फिचर पनि आउनेछ भने युजरनेम प्रयोग गरी आफ्नो फोन नम्बरलाई लुकाउन सकिने फिचर पनि रहेको छ ।

साथै ह्वाट्सएपले ग्रुप मेम्बर्सको संख्यालाई २५६ बाट बढाएर ४ हजार ९६ पूराएको छ । साथै एप्पल वाचका लागि एक छुट्टै ह्वाट्सएप एप ल्याउने सम्भावना रहेको पनि बताइएको छ ।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार