बिदेश गएर मात्र आर्थिक उन्नती हुन्छ भन्ने गलत मानसिकताका कारण प्राय:जसो नेपालीहरु अवसरको खोजिमा दिनपरदिन परदेश हान्नीईन्छन् । अधिकांश नेपाली युवाहरु बिदेश पलायन हुने क्रम जारी छ । तर चलचित्र निर्माता लेखबहादर पुन: ‘डेनिम’मात्र यस्ता अपवाद हुन् जसले लाहुरे परम्परालाई तोड्दै स्वदेशमा पनि केहि गर्न सकिन्छ भन्ने दृढ विश्वासकासाथ नेपाली चलचित्र क्षेत्रमा अगाडि बढिरहेका छन् ।
बुटवलमा जन्मेर काठमाण्डौंलाई कर्मथलो बनाएका लेखबहादुर पुन: ‘डेनिम’प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र ‘भैरे’ का कार्यकारी निर्माता हुन् । बाजे रणबहादुर पुन: ,बाबा वीरबहादुर पुन: र आमा मोती कुमारी पुन: को कोखबाट बुटवलमा जन्मेर काठमाण्डौंलाई कर्मथलो बनाएका लेखबहादुर पुन ‘डेनिम’ पेशाले कपडा व्यापारी पनि हुन् ।
चर्चित निर्देशक एभरेष्ट सूर्य बोहराको ईमान्दारिता ,मेहनत,लगनशिलताबाट प्रभावित भएर चलचित्र ‘भैरे’ मार्फत नेपाली चलचित्र जगतमा उत्साहजनक प्रवेश गरेका निर्माता लेखबहादुर पुनः चलचित्र ‘भैरे’ लाई यस वर्षको सर्वाधिक लोकप्रिय चलचित्र बनाउन अहोरात्र खटिरहेका छन् । चलचित्र भैरे सुपरहिट हुनेमा कुनै शंका नरहेको उनी दावी गर्दछन् । उनी भन्छन् , चलचित्र ‘भैरे’को दुईवटा गीत रिलिज भईसकेको छ । जसलाई लाखौं दर्शकहरुले मन पराएका छन् । उत्कृष्ट गीतको कारण देश विदेशबाट समेत शुभकामना तथा बधाई आउने क्रम जारी छ ।
जसको कारण व्यवसायिक रूपमा चलचित्र ‘भैरे’ले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा निकै ठुलो बजार लिनेमा उनी ढुक्क छन् ।
नेपाली फिल्मदेखि हुरुक्कै हुने कार्यकारी निर्माता श्री पुनः भन्छन् , प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘भैरे’ सुपरहिट हुनुमा सयौं कारण छन् । समसामयिक नेपाली परिवेशको जीवन्त प्रस्तुती,टिपिकल नेपाली भाषाको प्रयोग,उत्कृष्ट कथावस्तु एवं कथासँग मिल्ने स्थानको छनौट,नेपाली पहिरन,उत्कृष्ट गीत संगीतको संयोजन,अत्याधुनिक छायांकन प्रविधि,दर्जनौ चर्चित कलाकारहरुको उत्कृष्ट प्रस्तुतीले चलचित्र अझ बढि स्तरीय भएको उनको दावी छ ।
आशा छ चलचित्र ‘भैरे’ ले संसारभर छरिएर रहेका नेपाली दर्शकहरुलाई भरपूर मनोरञ्जन गर्नेछ । नेपाली चलचित्र क्षेत्रमा निरन्तर लागिपर्ने उद्देश्यका साथ अगाडि आएका लेखबहादुर पुनः ‘डेनिम’ ले भविष्यमा नेपाली चलचित्र जगतमा दर्जनौं सुपरहिट चलचित्र दिने योजना बनाएका छन् । समयले साथ दिएमा उनी आगामी दिनहरूमा एक्लै चलचित्र बनाउने योजनामा छन् ।
चलचित्र ‘भैरे’ को निर्माण लगत्तै उनले नयाँ चलचित्रको दर्ता प्रकृया शुरु गरिसकेका छन् । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रको नाम ‘ल ल छ छ’ जुराईएको छ । उक्त चलचित्रमा पनि उनले लगानी गर्ने भएका छन् । ‘भैरे’ को प्रदर्शनपछि लगत्तै उक्त चलचित्रको निर्माणमा लाग्ने उनले बताए । हाल उनि चलचित्र ‘भैरे’ कै प्रचार प्रसारमा लागिरहेका छन् । नेपाली चलचित्र क्षेत्रमा स्तरिय सिनेमाहरु दिने उनको भविष्यको योजना छिट्टै पुरा होस् ,हार्दिक शुभकामना !