एजेन्सी: कतिपय मानिस हरेक साँझ एक गिलास रेड वाइन पिउँदा मुटु स्वस्थ हुन्छ भन्ने कुरामा विश्वास गर्छन् । तर पछिल्लो अध्ययनले यो भनाइलाई गलत साबित गरिदिएको छ ।
दैनिक सिफारिस गरिएको मात्राभन्दा बढी वाइन वा बियर पिए त्यसले प्रतिगिलास आधा घण्टाको दरले आयु घटाउने निष्कर्ष नयाँ अध्ययनले निकालेको छ।
यो अध्ययन ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित छ । अध्ययनअनुसार प्रतिसाता पाँच गिलास ९प्रतिगिलास १७५ एमएल० वाइन अथवा २।३ लिटर बियरभन्दा बढी पिउनु जोखिमपूर्ण हुन्छ ।
अध्ययनले प्रतिसाता १ सय ग्राम अर्थात् १२।५ युनिट अल्कोहलभन्दा बढी सेवन गरे त्यसले स्ट्रोक, हृदयघात र मृत्युको जोखिम बढाउने बताइएको छ ।
एक ४० वर्षको व्यक्तिले दैनिक सिफारिस गरिएको मात्राभन्दा बढी अल्कोहल सेवन गर्नु धुम्रपानजत्तिकै हानिकारक हुने अनुसन्धानकर्ताहरुले बताएका छन् ।
‘दैनिक २ युनिटभन्दा बढी अल्कोहल सेवन गरे मृत्युदर बढ्न थाल्छ,’ युनिभर्सिटी अफ क्याम्ब्रिजका प्राध्यापक डेविड स्पिगेलहेल्टर भन्छन् ।
४० वर्षको व्यक्तिले दैनिक मात्राभन्दा बढी ४ युनिट अर्थात् प्रतिदिन ३ गिलास वाइन पिए उसको आयु दुई वर्ष कम हुने सो अध्ययनले जनाएको छ ।
यो समय भनेको सो व्यक्तिको बाँकी जीवनको २० भागको एक भाग हुन आउँछ। जुन दिनको एक घण्टा हुन आउँछ । यसको अर्थ तोकिएको मात्राभन्दा बढी प्रत्येक युनिट अल्कोहलको सेवनले औसतमा १५ मिनेट आयु घटाउँछ ।
यद्यपि वाइन सेवनबाट केही हदसम्म गैर घातक हृदयघात कम हुन्छ तर यसले अन्य प्राणघातक जोखिमलाई भने बढाउँछ ।:-दर्पण खबर बाट