हुनेभयो इटहरीमा भैँसी सुन्दरी प्रतियोगिता

तपाई हामीले बिभिन्न सुन्दरी प्रतियोगिताहरु भएको त सुनेको र देखेकै छौँ तर सुनसरकिो ईटहरीमा भने बाताबरण तथा पर्याबरण संरक्षण केन्द्रले अचम्मको कुरा भैसी सुन्दरी प्रतियोगिता आयोजन नगर्ने भएको छ ।


नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको यो प्रतियोगितामा इटहरी र यस वरपरका भैसी पालक किसानहरुका स्वस्थ भैसी प्रतियोगितामा समावेश गरिने तयारी भएको आयोजक संस्थाका अध्यक्ष टङ्क दाहालले जानकारी दिए । पशु सम्वन्धि चिकित्सकहरुको स्वास्थ्य जाँच एवम निरीक्षण अवलोकनपछि स्वस्थ भए वा नभएको निर्णयका आधारमा प्रतियोगितामा पहिलो घोषित हुने भैसीलाई ११ हजार नगद सहित अन्य पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी प्रतियोगितामा दोस्रो हुने भैसीलाई ९ हजार तेस्रो हुने भैसीलाई ५ हजार र चौथो दहुने भैसीलाई ३ हजार ५ सय रुपियाँ नगद प्रदान गरिने छ ।

प्रतियोगितास्थलमा ल्याईएका भैसीले सोही प्रतियोगिताका क्रममा पाडो पाडी जन्माए त्यस भैसीको बीमासँगै ५ हजार नगद समेत उपलब्ध गराउने छ । सिरुवा पर्वको अवसर पारेर आयोजना गर्न लागिएको साँसकृतिक एवम धार्मिक कार्यक्रमसँगै यस भैसी सुन्दरी प्रतियोगिता अवधिमा नेपाली समुदायले प्रयोगमा ल्याउँदै आएको लोपोन्मुख ढिकी जाँतो चलाउने तथा धान कुट्ने कोदो पिस्ने तथा माटोको हाँडीमा मकै वा अन्य खाद्यान्न भुट्ने कला आदिका विषयमा समेत विद्यार्थीहरुलाई जानकारी दिने आकर्षणका कार्यक्रम समेत हुने बताईएको छ । बैशाख २८ देखि पाँच दिनसम्म इटहरीमा चल्ने यो धार्मिक एवम साँस्कृति महोत्सव अवधिमा कम्तिमा एक लाख मानिसले अबलोकन गर्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार