के तपाई मोबाइल ह्यांग हुन्छ ? यस्तो गर्नुस् कहिल्यै ह्यांग हुदैन


तपाइले कहिल्यै याद गर्नुभएको छ? मोबाइल फोन नयाँ-नयाँमा एकदम छिटो र राम्रो संग चल्छ । तर किनेको केहि महिनामै फोन ढिलो चल्ने, ढिलो स्टार्ट हुने, फोन नै ह्यांग हुने र कहिले काहिँ फोन आफै रीस्टार्ट समेत हुने गर्दछ | मोबाइल ह्यांग कसरी गर्ने त ?

तरीका थाहा नभएकै कारण हामी ठगीरहेका हुन्छौ | अब ठगीबाट बच्नलाई तल दिएको टिप्सलाई अपनाउन सक्नु हुनेछ |यदि तपाइले निम्न लिखित टिप्स हरु लाई आफ्नो मोबाइलमा अपनाउनु हुन्छ भने तपाइको मोबाइल कहिल्यै ह्यांग हुदैन र साथ् साथै तपाइको मोबाइलको पर्फर्मेन्स पनि निकै गुणा बढेर जानेछ ।

फोनको यस्तो प्रकारको समस्यालाई हटाउनको लागि सबै भन्दा पहिला फोनको सेटिंगमा जानुहोस, त्यसपछि सबै भन्दा तल रहेको About Phone लेखिएको अप्सनमा क्लिक गर्नुहोस । त्यसपछि Build number लेखिएको अप्सनमा ६ देखि ७ पटक सम्म क्लिक गर्नुहोस ।

यसरी Build number लेखिएको अप्सनलाई ६ देखि ७ पटक सम्म क्लिक गर्नुभयो भने Developer Mode अन हुन्छ ।अब ब्याक जानुहोस र अघिको About Phone लेखिएको अप्सन भन्दा माथि Developer Mode भन्ने नयाँ अप्सन आइसकेको हुन्छ । त्यस Developer Mode अप्सनमा क्लिक गर्नुहोस ।

जब तपाइले Developer Mode मा क्लिक गर्नुहुन्छ । त्यसपछि धेरै अप्सनहरु भएको अर्को स्क्रिन देख्नुहुनेछ । अब त्यसमा Animator duration scale भन्ने अप्सन देख्नुहुन्छ । त्यस अप्सन(Animator duration scale) मा क्लिक गरि सबैभन्दा कम नम्बरमा क्लिक गर्नुहोस अथावा Animation is off. भन्ने अप्सनामा क्लिक गर्नुहोस ।

यस्तो गर्नाले तपाइको मोबाइल फोनको स्पिड बढ्नेछ । र मोबाइलको पर्फर्मेन्सम कुनै समस्या आउनेछैन र कहिल्यै ह्यांग पनि हुनेछैन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार