शिरीषको फूल कुन भगवानलाई चढ्दैन ?के-यो शिरीषको फूल हो ?

आयुर्वेद र विभिन्न पौराणिक ग्रन्थहरूमा शिरीषको उल्लेख भएको पाइन्छ। संस्कृत र नेपाली साहित्यमा पनि शिरीषको फूलको सौन्दर्यको चर्चा भएको छ।


शिरीषको फूल होइन

‘ज्याकरान्डा नामको फूल ब्राजिलबाट आएर संसारभर फैलिएको वनस्पतिविद डा.तिर्थबहादुर श्रेष्ठ बताउँछन्।नेपालमा यसैलाई शिरीषको फूल भन्ठान्नेहरु धेरै छन्। तर यो वास्तवमा शिरीषको फूल नभएको श्रेष्ठको’, भनाई छ।’

शिरीषको फूल

नेपालमा पाईने शिरीषको फूल आठ दश-जातिको हुने र कुनै पहेंलो,कुनै रातो र कुनै फिक्का निलो हुन्छ।र यसका फूल सबै रेशमका फूल फुल्ने उनी बताउँछन्।’

शिरीषको फूल अरु भगवानलाई चढ्ने तर गणेश भगवानलाई नचढ्ने श्रेष्ठले जानकारी दिए।

धेरै नेपालीहरुले काठमाडौंको नारायणहिटि दरबार वरिपरी र अन्य भागमा ठूलो रुखमा फूल्ने निलो रंगको फूललाई शिरीषको फूल मान्ने गरेका छन्। तर त्यो वास्तविक शिरीषको रुख भने होइन।

शिरीषको फूलबाट आयुर्वेदिको औषधीहरु बनाईने श्रेष्ठले जानकारी दिए।-बीबीसीको रिपोर्टमा आधारित

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार