तिरुपति बालाजी मन्दिरसँग जोडिएका रहस्य यस्ता छन्


भारतको सबैभन्दा धनी मन्दिर हो तिरुपति बालाजी।यस मन्दिरमा भारतका ठूलाठूला धनाढ्य,व्यापारी,राजनीतिज्ञ,कलाकारहरू समेत दर्शनको लागी आउने गर्छन्।

बालाजी मन्दिर हिन्दु धर्मावलम्बिको लागी प्रसिद्ध मन्दिर हो र भारतको सबैभन्दा प्रसिद्ध तिर्थस्थल मध्ये एक हो।भारतको आन्ध्र प्रदेशको चित्तुर जिल्लामा रहेको यस मन्दिरमा हरेक बर्ष लाखौंको संख्यामा भक्तजनहरु दर्शनको लागी आउने गर्छन्।

भारत बाहेक नेपाल, श्रीलंका,मलेसिया लगायत अन्य थुप्रै देशबाट यो मन्दिर दर्शनको लागी आउने गर्छन्। यो मन्दिर आकर्षक र निकै कलात्मक समेत रहेको छ।

वैकुण्ठ एकादशीको दिनमा बालाजी मन्दिरमा भक्तजनहरु पूजा-दर्शनको लागी आउने गर्छन्। यस मन्दिरमा दर्शन गरेपछि मानिसलाई जन्म-मृत्युको बन्धनबाट मुक्ति मिल्ने धार्मिक मान्यता छ।

यो मन्दिर सबै धर्माबलम्वीको लागी खुला गरिएको छ।मन्दिरमा तिरुपती बालाजी आफ्नी पत्नी पद्मावतीको साथ निवास गर्ने धार्मिक मान्यता छ।

तिरुपति बालाजी मन्दिर बारे केहि रोचक तथ्यहरु

-यस मन्दिरमा स्थापित बैंकटेश्वर स्वामीको मुर्तिमा लगाईएको कपाल सक्कली हो।

-तिरुपति बालाजी मन्दिरको मुख्य प्रवेशद्धारको दाँयापट्टि एक लाठी रहेको छ। जुन लाठीले बाल बालाजीलाई पिटिएको थियो र उनको च्यापुमा चोट लागेको थियो उक्त चोट चन्दनको लेपले ठिक भएको थियो र त्यसबेलादेखि बालाजीको च्यापुमा चन्दनको लेप लगाउन शुरु गरिएको हो।

-तिरुपति बालाजीको पूरै मुर्तिमा प्रत्येक बिहिबार चन्दनको लेप लगाईन्छ।चन्दनको लेप हटाईसकेपछि आफसेआफ लक्ष्मीको प्रतिमा देखिन्छ।यसको रहस्य अझैंसम्म पत्ता लागेको छैन।

-हरेक दिन तिरुपति बालाजीको मुर्तिमा तल धोती र माथि साडिले सजाईन्छ।

-तिरुपतिको मन्दिरमा एक दियो सधैं बलिरहेको हुन्छ। तेल-घ्यु विना नै बल्ने दियो कहिलेदेखि बल्न थालेको हो भन्ने बारेमा कसैलाई पनि थाहाँ छैन।

-बालजीको मुर्ति गर्भगृहबाट हेर्दा मुर्ति मन्दिरको गर्भगृहको मध्यमा देखिन्छ तर बाहिरबाट हेर्दा मुर्ति दाँया भागतर्फ देखिन्छ।

-बालाजीको प्रतिमाको पछाडि भाग अद्भुत छ।यो सधैं नरम रहन्छ र यहाँ कान लगेर सुन्दा समुन्द्रको आवाज सुनिन्छ र एक किसिमको गज्जवको शान्ति मिल्छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार