काठमाडाैँ। राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । उहाँ आजै भारतबाट स्वदेश फर्किनुहुने भएको छ ।
मेदान्त अस्पतालमा स्वास्थ्य उपचारपछि आज विहान नेपाल वायु सेवा निगमको नियमित उडानबाट स्वदेश फर्किन लाग्नुभएको हो । आन्तरिक रक्तश्राव नरोकिएपछि ९८ वर्षीय राष्ट्रकवि घिमिरेलाई गत जेठ ९ गते उपचारका लागि दिल्ली लगिएको थियो ।
काठमाडौंमा झण्डै २ साता लामो उपचारबाट पनि स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई थप उपचारका लागि दिल्ली लगिएको थियो । घिमिरेको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाउनु भएको थियो ।