हरियाे धनियाँ खादा ध्यान नपुगे लिन सक्छ ज्यान !

हरियाे धनियाँ प्रायः सबै परिकारमा उत्तिकै चल्ने गर्छ । दाल, तरकारी, अचार, माछा, मासु हाेस् कि अन्य जुनसुकै परिकारमा हरियाे धनियाँ काटेर राख्ने चलन छ । यसाे गर्दा खाना स्वादिस्ट हुनुका साथै कैयाैँ फाइदा पनि छन्, स्वास्थ्यका लागि । तर घरबाहिर बजारमा गएर विभिन्न परिकार, जस्तै चिकेनचिल्ली, चाट अादिसँग समेत हरियाे धनियाँ राखिएकाे हुन्छ । अझ कतिपयले त खाँदा धनियाको पात नै मागेर खाने बानी छ ।

यसरी बाहिर जथाभावी हरियाे धनियाँ खाँदा ध्यान पुगेन भने ज्यानै लिनसक्ने हुन्छ । सही तरिकाले नपखालिएकाे तथा पातमा देखिने/नदेखिने कीरा भएकाे हरियाे धनिया काँचै खाँदा स्वास्थ्यमा गम्भीर असर पर्न जान्छ । खाेज-अनुसन्धानबाट धनियाँको पातमा खतरनाक कीरा (टेपवर्म)काे फुल वा लार्भा हुने र त्याे खानासँगै पेटमा पुग्ने पत्ता लागेकाे छ । पेट हुँदै दिमागसम्म समेत उक्त टेपवर्म पुग्ने विज्ञहरु बताउँछन् । टेपवर्म मस्तिस्कमा पुगेमा मानिसको मृत्यु समेत हुन सक्छ ।

भारतको ब्याङ्लोरस्थित नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एण्ड न्यूराे साइन्सेस (निमहान्स) का चिकित्सकले गरेको एक शोधमा यस्तो कुरा पत्ता लागेको हो । यस इन्स्टिच्युटमा रहेको एक मात्र ब्रेन म्यूजियममा मस्तिष्कसम्बन्धी शोध भइरहेको बताइएकाे छ । यसै क्रममा धनियाँको पातमा किरा/जीवाणुकाे संख्या बढी हुने र त्यस्ता पात राम्रोसँग नपखाली वा नपकाएर खाएमा स्वास्थ्यका लागि निक्कै खतरनाक हुन सक्ने चिकित्सकहरुले बताएका छन्

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार