मेची महाकाली ट्यालेन्ट’को लागि प्रतिभा छान्दै गौरी मल्ल र सुनिल थापा, विजेतालाई २१ लाख दिईने


काठमाडौं । ‘मेची महाकाली ट्यालेन्ट’ शोको लागि काठमाडौं अडिसन आगामी शनिबार हुने भएको छ । काठमाडौं बाहिर विभिन्न ६ शहरमा सफलताका साथ अडिसन सकाएसँगै आगामी शनिबार काठमाडौं अडिसन हुन लागेको हो । यसै शोको लागि विर्तामोड, बुटवल, हेटौंडा, नारायणगढ, पोखरा लगायतका स्थानमा अडिसन भइसकेको छ । यस रियालिटी शोमा सबै उमेर र जुनसुकै प्रतिभा भएका व्याक्तिले भाग लिन पाउने छन् ।

आयोजकका अनुसार काठमाडौं अडिसन यहि शनिबार मिनभवन स्थित एभरेष्ट फिल्म एकेडेमीमा बिहान १० बजेबाट सुरु हुने भएको छ । आयोजकको तर्फबाट देब मगरका अनुसार फरक प्रतिभाहरुलाई एउटै मञ्चबाट उजागर गर्ने उद्देश्यले हुन लागेको ‘मेची महाकाली ट्यालेन्ट’मा प्रतियोगीले कुनै पनि शुल्क तिर्नु पर्दैन ।

यस रियालिटी शोको लागि जजको रुपमा अभिनेता सुनिल थापा, गौरी मल्ल, त्रिलोक राना र गम्भीर बिस्ट रहेका छन् । प्रतियोगितामा गायन, अभिनय, नृत्य र अन्य विधाहरुमा प्रतिस्पर्धा हुने बताइएको छ ।

ग्रेड वान मिडिया प्राइभेट लिमिटेडले आयोजना गरेको रियालिटी शोमा विजेताले २१ लाख नगद उपहार पाउनेछन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार