विश्वको सबैभन्दा महँगो शहर भनिएको जापानको टोकियोमापहिलो पटक हुनगईरहेको सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को फारम खुल्लागरिएको छ । आयोजकले सो सम्बन्धि एक विज्ञप्ती जारी गरेको छ । आगामी सेप्टेम्वरको १६ तारिक अर्थात नेपालीमिती २०७५ भाद्र ३१ गते सुर्य ईन्टरनेशनल अवार्ड–२०१८हुने जनाएको छ । उक्त अवार्डमा फिल्म र संगीततर्फबाट ६÷६ गरि १२ विधा रहने आयोजकले जनाएको छ । जसमाउत्कृष्ट फिल्म, नायक, नायिका, सपोर्टिङ कलाकार महिला र पुरुषगरि ६ विधार संगीततर्फ लोक, पप र आधुनिक गायक गायिका गरि ६ विधा राखिएको छ । विश्वभरीबाट अनलाईन तथा सामाजिक सञ्जालमार्फत भोटिङ हुने र भोटिङबाट नै पपुलर अवार्ड वितरण गर्ने आयोजक संस्थाकाअध्यक्ष बासुदेव लामिछानेले बताएका छन् ।
नेपालीअवार्डको गरिमा र अवार्ड समारोहको वारेमा बेलाबखतहुने विवाद तथा चर्चालाई अन्त्य गर्न र यस्ता अवार्डहरुबाट फरक रहन ‘सुर्य ईन्टरनेशनल अवार्ड २०१८’ लाई भोटिङ प्रक्रियामा संचालनगरिने विज्ञप्तीमा भनिएको छ । यहि जेष्ठ मसान्त सम्म अवार्डको लागि फरम भर्न पाउने विज्ञप्तीमा उल्लेख छ । अवार्डको लागिहालजापान र नेपालमाभव्यतयारी भईरहेको पनिबासुदेव लामिछाने बताएका छन् । यस्तै अवार्ड समारोहमा ३ दर्जन बढि कलाकर्मीहरु र केही पत्रकारहरु जापानको एउटै मञ्चमा देखिने बताएका छन् । अवार्ड समारोहमा कमेडी, नृत्य, गायनलगायतका बृहत साँस्कृतिक प्रस्तुतीहरु प्नि रहने आयोजकले बताईएको छ । यता नेपालमाकलाकर्मी व्यवास्थापन र फारम वितरण तथा संकलन गर्न पत्रकार नरेश भट्टराई र चलचित्रपत्रकार संघ नेपालका सचिव समीर बलामीलाई जिम्मेवारी दिएको बासुदेव लामिछानेले बताएका छन् । विधागत सूची दर्ताको लागि बलामी फिल्म ईनटरटेन्मेन्टका समीर बलामीसँग सहकार्य गर्न पनि विज्ञप्तीमा भनिएको छ ।
दर्ता समूह
फिल्मतर्फ
१ उत्कृष्ट फिल्म
२ उत्कृष्ट निर्देशक
३ उत्कृष्ट सह अभिनेता
४ उत्कृष्ट सह अभिनेत्री
५ उत्कृष्ट अभिनेता
६ उत्कृष्ट अभिनेत्री
गीततर्फ
पपतर्फ
१ उत्कृष्ट गायक
२ उत्कृष्ट गायिका
आधुनिकतर्फ
१ उत्कृष्ट गायक
२ उत्कृष्ट गायिका
लोकतर्फ
१ उत्कृष्ट गायक
२ उत्कृष्ट गायिका