घुमिफिरी कुरा आउँछ, भ्रष्टचारकै । आज यो भ्रष्टचारलाई बेग्लै एङ्गलले हेरौं । बिशुद्ध तलबबाट मात्र जीवन चलाउन सक्ने वातावरण छ छैन, त्यो त मानिसले कस्तो जीवनशैली अपनाउँछ, त्यसमा भर पर्छ ।
तर सामान्य म्यानको तरीकाले हिसाब गरौ न । यो देशेका राष्ट्रपतिको तलब १ लाख ५० हजार ४ सय ५०, प्रधानमन्त्रीको तलब ७७ हजार २ सय ८०, उपप्रधानमन्त्रीको तलब ६५ हजार २००, मन्त्रीको तलब ६० हजार ९ सय ७०, प्रधानन्यायाधिसको तलब ७३ जहार ६ सय ८०, सेना प्रमुखको तलब ५८ हजार ८ सय ८०, प्र्र्रहरी प्र्र्रमुखको तलब ५४ हजार ८ सय ४८, मुख्य सचिवको तलब ५८ हजार ८ सय ८० र एकै चोटी कार्यालय सहयोगिको लगभग २०, २५ हजार ।
विभिन्न स्रोतबाट लिइएको डाटा १०० प्रतिशत सहि नभएपनि तलबको रेन्ज यही हो । माथि देखि तलसम्मका मानिसले प्राप्त गर्ने तलब र उहाँहरुले बाँच्ने जीवनशैलीको चाँजो पाँजो मिल्यो त ? सबका सबको वैभवशाली जीवन, परिवारको जीवनशैली, बालबच्चको एजुकेशनको स्ट्याण्डर, यी सब कुराको सोझो लाटो हिसाब गरी हेर्दा छातीमा हात राखेर भन्नुस, यति तलबले यक्ती शानको जीवन शैली सम्भव छ ?
एक दिन हिसाब गर्न बसेको म त झण्डै बौलाइन । उदाहरणको लागि ४ जनाको परिवार, २ वटा स्कुले बच्चा, श्रीमती गृहणी, श्रीमानको तलब बाहेक अर्को आम्दामीको स्रोत भनेका उही कहिले काँही बाटोमा हिड्दा संजोगले भेटाउने पैसा मात्रै हो । छोराछोरीको स्कुल फि, कोठा भाडा, घर खर्च, बस खर्च, विरामी खर्च अन्य विविध खर्च जोडि सके तर जति जोडे पनि यी सबै खर्च र तलबको तारतम्य मिल्दै मिल्दैन ।
तैपनि सरले मोटरसाइकल, काठमाडौंमा ६ आना जग्गा, केही कम्पनीको शेयर श्रीमतीको माइतीको सर्पोट विना किनीसक्नु भो, तर कसरी ? यतिखेर म आँफुलाई हिसाब पढाउने शिक्षकलाई्र खोजिरहेको छु । कर्मचारीको कुरा त भै हाल्यो, राजनीतिज्ञको कुरा गरौँ न ।
न्युज २४ बाट