काठमाडौं । पछिल्लो समय नेपालमा स्वास्थ्य क्षेत्रमा व्यापक मात्रामा सुधार हुँदा नेपालमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवाहरू उपलब्ध हुन थालेका छन् । पहिले नेपालमा सम्भव नहुने जटिल मानिएका शल्यक्रिया पनि सफल बन्दै जान थालेका छन् ।
यस्तै पछ्ल्लो एक उदाहरणको रुपमा एक कपडा उद्योगका मजदुरको औला चुँडिदा नेपाल मेडिसिटी अस्पतालमा रिप्लान्टको माध्यमबाट शल्यक्रिया गरेर जोडिएको छ । असार ६ गते पाटन औद्योगिक क्षेत्रभित्र कपडा उद्योगमा काम गर्दै गर्दा ललितपुरका एक स्थानियवासीको औँला चुँडियो । बिहान ९ बजेको हाराहारीमा भएको दुर्घटनाको करिब ५ घण्टा पछाडि मात्रै घाइतेलाइ नेपाल मेडिसिटी पु¥याइएको थियो । अस्पतालमा सोही दिन शल्यक्रिया शुरु भयो र रिप्लान्ट सम्भव भएको चिकित्सकले बताएका छन् ।
झण्डै ४ घण्टा लागेको उक्त चुँडिएको औँलाको शल्यक्रिया डा. संगम रायमाझि र डा.ज्योति रायमाझीको नेतृत्वमा गरिएको अस्पतालले जनाएको छ । दाँया हातको मेटाकर्पल जोर्नीमा मुख्य असर परेको बिरामीको सफल रिप्लान्ट पश्चात थप दुर्इ शल्यक्रिया र फिजियो थेरापी आवश्यक रहने डा. संगम रायमाक्री बताउँछन् । साथै केही महिनामै हातले साविककै ढंगमा काम गर्न समेत सक्ने चिकित्सकको दाबी छ ।
दुर्घटना हुनासाथै अस्पताल पु¥याएको खण्डमा यसरी अंग चुँडिएको अवस्थामा रिप्लान्ट पद्धती अपनाएर साधारण अवस्थामा फर्कन सक्ने यो रिप्लान्टका माध्यमबाट धेरै मानिस लाभान्वित हुन सक्ने नेपाल मेडीसिटि अस्पतालले जनाएको छ । औद्योगिक क्षेत्रमा हुनसक्ने दुर्घटनामा घाइते भएकाहरुलाई रिप्लान्ट गरेर नेपाल मै उपचार सम्भव रहेको शल्य चिकित्सक डा संगम रायमाझि बताउँछन् । चुँडिएको औला यसरी फेरी जोडिन्छ भन्ने आस नरहेको अवस्थामा
औँला जोडिएकोमा घाइतेका आफन्त खुसी भएका छन् ।
ललितपुरको भैंसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पताल नैपालकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने अन्तराष्ट्रियस्तरको सुविधा सम्पन्न अस्पताल हो भने अन्य नीजि अस्पतालको तुलना गर्दा पनि सर्वसाधारणले सोचे जस्तो महँगो नरहेको साथै अन्तराष्ट्रिय अस्पताल मापदण्ड पूर्ण रहेको अस्पताल भएको जनरल म्यानेजर विजय रिमाल बताउँछन् ।