अर्जेन्टिना हार्‍यो, एम्बाप्पेको दुई गोलसँगै फ्रान्स क्वार्टरफाइनलमा


काठमाडौं । केलिन एम्बाप्पेको दुई गोलको मदतमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले हराएको हो । दोस्रो हाफको सुरुमा नै गोल खाएको फ्रान्स ११ मिनेट तीन गोल गर्दै खेलमा फर्किएको थियो ।

उसका लागि एम्बाप्लेले लगातार दुई गोल गरेका थिए । खेलको इन्जुरी टाइममा सर्जियो एग्युरोले गोल गरेपनि अर्जेन्टिनाको हार टार्न सकेनन् ।

काजानमा भएको खेलमा अग्रता पनि फ्रान्सले नै लिएको थियो । खेलको १३ औं मिनेटमा मार्कोस रोजोले एम्बाप्पेलाई फउल गरेपछि पाएको पेनाल्टीमा एन्टोनी ग्रिजम्यानले गोल गरेका थिए ।

पहिलो हाफको निर्धारित समय सकिनु ४ मिनेटपछि एन्जल डि मारियाले उत्कृष्ट गोल गरे । दोस्रो हाफको सुरुमा अर्जेन्टिनाले अग्रता लियो ।
लिओनल मेस्सीको प्रहारमा मेकार्डोको खुट्टामा लागेर गोलमा परिणत भएको थियो ।

तर, यो अग्रता टिक्न सकेन । ५७ औं मिनेटमा बेन्जामिन पाभर्डले बराबरी गोल फर्काएका हुन् । खेलको ६४ र ६८ औं मिनेटमा एम्बाप्पेले लगातार दुई गोल गर्दै टिमको अग्रता ४–२ बनाए ।

खेलको इन्जुरी टाइममा एग्युरोले हेड गोल गरेपनि अर्जेन्टिनाको हार टार्न सकेन र मेस्सीको टिम अन्तिम १६बाटै बाहिरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार