काठमाडौं- नेपाल चिकित्सक संघले डा गोविन्द केसीलाई तत्कालै सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेको छ। संघले डा केसीलाई सुरक्षित स्थानमा उपचारको व्यवस्था नगरे देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ।
संघका महासचिव डा लोचक कार्कीद्धारा जारी विज्ञप्तिमा डा केसीलाई अमानवीय व्यवहार गरिएको भन्दै सरकारको आलोचना गरेको छ। संघले डा केसीलाई कैदी सरह राखिएको आपत्ती समेत जनाएको छ।
‘यस संघका वरिष्ठ आजीवन सदस्य डा. गोविन्द के.सी.प्रति बर्तिएको अमानवीय व्यवहार र स्वास्थ्यमा जोखिम पुग्ने गरी स्थानीय कबर्डहलमा कैदी सरह राखीएकोप्रति नेपाल चिकित्सक संघ घोर आपत्ती प्रकट गर्दछ,; विज्ञप्तिमा भनिएको छ।
संघले कर्णाली शाखाद्धारा जारी गरेको विज्ञप्तिप्रति एक्वेवद्धता समेत जनाएको छ। कर्णाली शाखाले कर्णाली प्रदेशका सबै अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प पार्ने निर्णय गरेको छ।
डा गोविन्द केसी पाँच दिनदेखि जुम्लामा अनसनरत छन् |