तपाइको बच्चाले खेलौना मुखमा हल्छन् या टोक्छन् ? होसियार !


यदि तपाइको बालबालिकाले खेल्न दिएको खेलौना टोक्छन् भने होसियार रहनुहोस ,त्यो निकै हानिकारक हुन सक्छ | विभिन्न अध्ययन अनुसन्धान अनुसार बालबालिकाको रगतमा लीड (सिसा)को मात्रा बढी भेटिएको छ ।

रगतमा आवश्यकता भन्दा बढी मात्रामा सिसा हुँदा बालबालिकाको दिमागको विकासमा असर पर्ने सम्यक डायग्नोष्टिकका डाक्टरहरू बताउँछन् । रगतमा सिसाको मात्रा अत्याधिक हुँदा हुने हानी बारे अध्ययन र अनुसन्धान गरिरहेका डाक्टरका अनुसार सिसाले शरीरका लागि चाहिने तत्वहरु रोकिदिएर असर पुर्याउँछ । ‘ब्लड र दिमागको बिचमा अनावश्यक तत्व नजाओस् भनेर केही अवरोधक हुन्छन् । तर, सिसाले आइरन र क्याल्सियमको आकार लिने भएकाले झुक्याएर दिमागमा पस्छ । त्यसपछि यी तत्वको अभाव हुन्छ र दिमागको बृद्धिविकासमा असर पु¥याउँछ ।’

सिसाले सबभन्दा ठूलो असर बुद्धिको विकासमा पुर्याउने भएकाले जोखिममा बालबालिकाहरु छन् । स्वास्थ्य अनुसन्धान परिषद्ले पनि बालबालिका नै जोखिममा ररहेको औंल्याएको छ । दिमागको विकास हुने समयमा सिसाको अत्याधिक मात्राले उनीहरुलाई कमजोर बनाइरहेको हुन्छ । अनुसन्धान परिषद्को अध्ययनले धुलोमैलोमा खेल्ने, घर वा स्कुलमा लगाएको रङका कारण उनीहरुको रगतमा सिसाको मात्रा उच्च देखिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार