मानसिक स्वास्थ्यमा यसरी प्रभाव पार्छ खेलले, खेल खेल्दा कसरी हाम्रो मुड परिवर्तन हुन्छ ?

मानसिक स्वास्थ्यका दृष्टिकोणले खेलको भुमिका महत्वपूर्ण हुन्छ । साथै व्यक्तिको शारीरिक, सामाजिक तथा आध्यात्मिक विकासमा समेत ठुलो सहयोग पुर्‍याउँछ । केटाकेटीहरूले त खेलकै माध्यमद्वरा आˆनो संवेग, इच्छा, सोचाई, भावना, असन्तुष्टि, कुण्ठाहरू, व्यक्त गरिरहेका हुन्छन् । व्यक्तिले आˆनो मनको गोप्य कुरा समते खेलको माध्यमद्वरा व्यक्त गरिरहेको हुन्छ ।

खेललाई मानसिक रोग तथा मनोवैज्ञानिक समस्याको उपचार पद्धतिको रुपमा प्रयोग गरिन्छ । जसलाई (प्ले थेरापी) भनिन्छ । खेल खेल्दा मष्तिस्कबाट निस्कने ‘एन्डोरफिन’ रासायनिक तत्वले हाम्रो मुडलाई राम्रो बनाउँछ ।

तनाव घटाउछ, गहिरो निन्द्रा लाग्न सहयोग पुर्‍याउछ । खेलले डिप्रेसन लगायतका मानसिक रोगको उपचारमा मदत गर्छ ।

खेलले आफु र अरुप्रति सकरात्मक सोच र आत्मविश्वास बढाउँछ । आफुले सपोर्ट गरेको टिम र खेलाडीले जित्दा खेल हेर्ने दर्शकमा समेत आत्मविश्वास बढाउने, मानसिक र शारिरिक स्वास्थ्यमा राम्रो प्रभाव पर्ने अध्ययनले देखाएको छ ।

जितमा पुरुषको सेक्स हर्मोन २० प्रतिशतले बढ्ने एक अध्ययनले देखाएको छ । यसैको कारण हुन सक्छ विश्व कप फुटबल जस्तो प्रतियोगितामा सेक्स र यौन व्यवसायहरूको चर्चा हुने गरेको छ । तर, नसुती नसुती राती अबेरसम्म खेल हेर्दा भने अनिन्द्राको समस्या देखिन सक्छ । साथै, तनावको कारण रक्तचाप, मधुमेहको जोखिम समेत बढ्न सक्छ । रक्सी खाएर खेल हेर्दा नजानिदो तरिकाले विस्तारै कुलतमा फस्ने सम्भावना पनि रहन्छ ।

खेल मानवीय स्वभाव

खेल मानवीय स्वभावभित्र नै पर्ने कुरा हो । खेलमा रुचि नराख्ने मान्छे सायदै होलान् । प्रायः सबैको बाल्यकाल खेल खेलेर नै बित्ने गर्दछ । मानव जीवनको पहिलो रुचि भनेको खेल नै हो । तर, समय, समाज र परिवेश अनुसार रुचिका खेलहरू भने फरक फरक हुन सक्छन् । भाँडाकुटी, गुच्चा, पुतलीको खेल, भकुन्डो, खोपी, डन्डीबियो, आँखा छोपी आदिजस्ता खेल खेल्दै हामी पनि हुक्यौं बढ्यौं ।

खेलले क्षमता बढाउँछ

खेल सिकाईको एउटा दरिलो माध्यम पनि हो । बाल बालिकाहरूले त खेलकै माध्यमद्वरा धेरै कुरा सिकिरहेको हुन्छन् । समाजमा घुलमिल हुन, अनुशासन, समय र अवसरको महत्व, सहयोग, सहकार्य, नैतिकता, इमानदारिता, सफलता-असफलता, धैर्यता जस्ता सिपको विकास खेलको माध्यमाद्वरा हुने गर्छ । खेल खेली हुर्केका बालबालिकाहरू हँसिला, मिलनसार, रमाइलो, सहयोगी, आत्माविश्वासी हुने गर्दछन् ।

जितमा पुरुषको सेक्स हर्मोन २० प्रतिशतले बढ्ने एक अध्ययनले देखाएको छ

खेल हार्दा असफलतामा पनि खेलाडिहरू अरु क्षेत्रका व्यक्तिहरू जस्तो ज्यादै निराश हुने, दिप्रेशनमा जाने, आत्महत्या गर्ने जस्ता घटनाहरू प्राय सुनिदैन । तनावलाई वहन गर्ने क्षमता, आत्मबल जस्ता शिप उनिहरूले खेलबाट नै सिक्ने गर्दछन् । असहज अवस्थामा आफूलाई सम्हाल्न सक्ने क्षमता उनिहरूमा हुने गर्दछ ।

खेल प्रतिष्ठाको विषय

खेल मनोरञ्जनको सशक्त माध्यम हो । खेल खल्ने र हेर्ने दुवैलाई यसले आनन्द प्रदान गर्छ । मानसिक स्वास्थ्यको लागि मनोरञ्जन अति नै आवश्यक छ । तर, खेल मनोरञ्जनमा मात्र सीमित छैन । यो प्रतिष्ठा, मानसम्मान, जीवनयापन, व्यवसायजस्ता कुरासँग पनि जोडिएर आउने गर्छ । विश्व कप फुटबल, क्रिकेट जस्ता खेलमा हारजित ठुलो प्रतिष्ठाको विषय हुने गर्छ ।

यस्ता खेलहरूको आयोजना गर्नु, सहभागितासम्म जनाउन पाउँनु, राष्ट्रको लागि ठुलो प्रतिष्ठाको विषय हो । खेल, शक्ति, क्षमता, कला, प्रदर्शन गर्ने अवसर पनि हो । गोर्खाको लिगलिगमा राजा छान्न पनि दौड प्रतियोगीताको आयोजना गरिन्थ्यो । दौड जित्ने त्यहाँको राजा हुन्थे ।

उसको नाम, चर्चा त्यस ठाउँमा अहिलेका मेस्सी, रोनाल्डोभन्दा कम हुदैन्थ्यो । खेलले समाजलाई जोड्न, समाजमा ऐक्यबद्धता ल्याउन साथै समाजलाई कतिपय अवस्थामा विभाजित गर्न समेत सक्छ ।

खेलको नाममा विकृति

खेलको नाममा जुवा खेलाउने, बाजी राख्ने, रक्सी खाने, हो हल्ला गरेर अरुलाई असर पुर्‍याउने, झै झगडा, मारपिट गर्ने जस्ता विकृति पनि देखिने गर्छ । आफुभन्दा फरक टिम र खेलाडीको सर्मथन गर्ने व्यक्तिलाई छेडछाड गर्ने, सामाजिक सञ्जालमा नकरात्मक टिप्पणी र पोस्ट गर्ने, आˆनो टिमले जित्यो भन्दै घमण्ड गर्ने, बढी उत्तेजित र अराजक व्यवहार देखाउने आफुले भनेकोे टिमले हार्दा खेलाडीप्रति आक्रोश व्यक्त गर्ने जस्ता कुराहरू खेलको नाममा विकृति नै हुन ।

खेल हार्दा दर्शकमा समेतमा निराशा

खेल जित्दा खेल जित्ने टिम, खेलाडी र उसको सर्मथकहरू खुशी हुनु स्वाभाविकै हो । तर, हार्ने टिम, खेलाडी र उसका समर्थकहरूलाई निरास समेत बनाउछ । कति खेलाडीहरू निरास भएर खेलबाट सन्यास समेत लिन्छन् । साथै आफुले सपोट गरेको टिम र खेलाडी हार्दा उसका समर्थकहरू ज्यादै निरास भएर आत्महत्या समेत गर्ने गरेका घटनाहरू देखिन्छन् । आफुले समर्थन गरेको टिम र खेलाडीप्रति अनि नै विश्वास र भरोसा गर्नु, हारको परिणामलाई स्वीकार गर्न नसक्नु, रक्सी खाएर खेल हेर्दा रक्सीको नशामा निर्णय लिने क्षमता कम हुनु जस्ता कारणबाट दुखद घटनाहरू हुन पुग्छन् ।

हामै्र देशमा पनि यस अगाडिको विश्व कप फुटबलमा आफुले सर्पाेट गरेका टिमले हार्दा १५ बषिर्या एक बालिकाले आत्महत्या गरेकी थिइन् । यस पटकको विश्वकप फुटबलमा यस अगाडिको खेलामा अर्जेन्टिनाले हार्दा पाँचथरका एक किशोरले आत्महत्याको प्रयास गरेको समाचार आएको छ ।

खेल हेर्दा कस्तो मानसिकता बनाउने

आफुले भनेको टिमले जित्दा खुशी लाग्छ, आˆनो अनुमान मिल्न जाँदा आत्मविश्वास समेत बढ्छ । तर, हामीले बिर्सनै नहुने कुरा के हो भने प्रतिस्पर्धात्मक खेलहरू अन्त्यमा हारजितमै पुगेर टुङ्गिन्छन् । हारजित खेलको नियम नै हो । यो सत्यतालाई सबैले स्वीकार्नुपर्छ । खेल समर्थकहरूको मनोविज्ञान गजब र अजिबको हुने गर्छ ।

उनीहरूमध्ये कति त डाइहट फ्रेन्ड पनि हुन्छन् । आˆनो पि्रय खेलाडीको झै कपाल काट्ने, उसैको जर्सी लगाउने, उसको देखाउने जस्तो हाउभाउ, व्यवहार देखाउने र मानसिक रुपमा आफुलाई उ नै हुँ जस्तो ठान्ने समेत गर्दछन् । यस्तो अवस्थामा त्यो खेलाडीले हार्दा आफु नै हारे जस्तो गरेर निरास पनि हुन सक्छन् ।

खेल हेर्दा मनोरञ्जनका साथै ज्ञान, सीप, खेलको रणनिति सिक्नका लागि भन्ने उदेश्य राखेर हेर्नुपर्छ । हारजितलाई मुल विषय बनाउनु हुदैन । खेलमा जति तिब्र प्रतिस्पर्धा भो हेर्नेलाई त्यति नै रमाइलो हुन्छ । प्रतिपर्धाले मात्र खेलको स्तरमा सुधार आउछ । आफुले भनेको टिमले जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता राम्रो होइन । राम्रो टिम र खेलाडीको प्रशंसा गर्नु, जित हारलाई स्वीकार गर्नु,सच्चा दर्शकको कर्तव्य र इमानदारिता पनि हो । खेल हेर्दा यस कुरालाई ख्याल गर्ने हो भने तनाव झेल्नु पर्ने र निराश हुने अवस्था आउँदैन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार