मेरी बज्यैले भन्नु हुन्थ्यो ८४ लाख जीव जन्तुको योनी बिताए पछि मान्छेको जन्म पाइन्छ त्यसकारण मान्छे भएर जन्मे पछि उचित कर्म गर ! राम्रो काम गर ! अब हामी प्रस्न तेर्स्याउ – आखिर यो ८४ लाखको अंक कंहाबाट आयो ? अनि किन र कसरी आयो ? कुन सनातन धर्म ग्रन्थले यो अवधारणाको पुष्ट्याई गरेको छ ! त्यस पछाडी लुकेको गुढ रहश्य के हो ? यो झुठो हो या यस कुरोमा केही दम छ ? वा हावाको भरमा पुराण बेद वा दिग्गजहरुले मान्छेलाई भ्रमित पार्न बोलिदिएका हुन् ?
योनी (जीवन) र योनीमा प्रवेश (पूनर्जन्म ) भनेको के ?
हेरौं पदम् पुराणको मूल श्लोक :-
यो प्रथ्वीमा एककोशिकीय, बहुकोशिकीय, थल चर, जल चर तथा नभ चर आदि अनेक
प्रकारका जीव जन्तुहरु पाइन्छन ! यीनको संख्या तथा वर्गीकरण हामी पद्म पुराणमा पाउछौ !
जलज नव लक्षाणी, स्थावर लक्ष विंशति , कृमयो रूद्र संख्यकः !
पक्षिणाम दश लक्षणं, त्रिम्शल लक्षाणी पशवः, चतुर लक्षाणी मानवः !!
अर्थ :
जलज = जलीय जिव/जलचर (Water based life forms) – ९ लाख
स्थिर अर्थात रुख ,बिरुवा (Immobile implying plants and trees) – २० लाख
सरीसृप= कृमी/कीरा ,माकुरा (Reptiles) – ११ लाख
पक्षी/नभचर (Birds) – १० लाख 1.0 million
स्थलीय/थलचर (terrestrial animals) – ३० लाख
मानवीय नश्ल (human-like animals) – ४ लाख
कूल = ८४ लाख ।
यस प्रकार ५००० वर्ष पुरानो एउटा श्लोकले यस पृथ्वीमा भएका सबै प्रजातिहरुको संख्या उल्लेख मात्र होइन त्यसको बर्गिकरण समेत गरिदिएको छ !
अब हेरौ आधुनिक विज्ञानले के भन्छ ? :-
आधुनिक जीव विज्ञानी अध्येताहरुले यस पृथ्वीमा लगभग १३ लाख जीव जन्तु तथा त्यसका प्रजातिहरू पत्ता लगाएको कुरो सगौरव प्रस्तुत गरेकाछन ! उनीहरुको खोज अझै जारी छ ! उनीहरुले सबै प्रजातिहरुको नाम पत्ता लगाएका छन् ! अझैपनि लाखौँ प्रजातिहरुको नाम खोज्दैछन अध्यन गर्न बाँकीनै छ ! प्रतिवर्ष लगभग १५००० नयाँ प्रजातिहरु भेटिंदै पनि छन् ! पछिल्लो २०० बर्ष सम्ममा १३ लाख प्राजाती खोजि सकियो अझै खोज्न बाँकीनै छ ! गणितीय हिसाबले बैज्ञानिकहरुले लगभग ८७ लाख जीवजन्तु हुनसक्ने आकलन गरेका छन् !
अब हाम्रो कुरो थपम ! आधुनिक विज्ञानले ८७ लाख जीव जन्तु को कुरो कोट्यायो आजका दिनमा हाम्रा पूर्खाले भेट्न सक्ला किनभने पांच छ हजार बर्ष अघि को ८४ लाख योनिको अवधारणा पद्म पुराणले ल्यायो ! सनातन हिन्दू अवधारणामा शृष्टिको प्रक्रिया अनन्तकाल देखि अनन्तकाल सम्म चल्ने प्रक्रिया हो जसको अन्त्य महा प्रलयकालमा मात्र हुनेछ ! त्यसैले यतिका समय पछि पृथ्वीमा आएको वातावरणीय तथा जैविक परिवर्तनको कारण यी जीवात्माहरुमा वृद्धि वा कमि हुनु ठूलो कुरा मान्न सकिन्न !
माथिका कुराहरुले के कुरा स्पष्ट तुल्याएको छ भने हाम्रा प्राचिन ग्रन्थहरुमा वर्णित यी जानकरीहरु हाम्रा पुर्खाहरुको हजारौं बर्षको खोज हो ! उनीहरुले पृथ्वी ,आकाश र समुद्रको गहिराइमा भएका अनेकौं जीव जन्तुहरुको पनि अध्यन गरेका थिए ! उनीहरुले विमान बनाएका थिए भने पानीमा डुब्ने जहाज(submarine) पनि बनाएका थिए होलान !
पुनर्जन्म : –
वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा न्यन्यानि संयाति नवानि देही ।। …गीता २ /२ २
गीता २ .२ २ मा भगवान कृष्णले भनेका छन् :-
जसरी मानिसहरुले पुरानो लुगा फालेर नया लुगा लाउछन त्यसरीनै जीवात्माहरुले पुरानो शरीर त्यागेर नया शरीरमा प्रवेश गर्छन ! ८४ लाख जीवजन्तुमा मान्छेनै उत्तम हो बाँकी अरु त् भोग योनीमा छन् त्यसकारण मान्छेलाई अशल अशल काम गर्न उत्प्रेरित गरिएको हो ! गीता अनुसार जीवात्मा अध्यात्मिक अवस्थामा हुन्छन ! उनीहरुले शरीर धारण गर्छन त्यै धारण गरेको शरीर उसले गरेको राम्रो र नराम्रो कर्मको गति अनुसार जिव-जंतु रुख बिरुवा हुँदै पुरै ८४ लाख योनीमा घुमेर बस्द्छन !यस प्रकार मोक्ष प्राप्ति
सम्म यसै कालचक्रमा घुमी रहन्छन !
महर्षि कपिलको सांख्यशास्त्र अनुसार :-
जीव शरीरको निर्माण यस प्रकारले भएको मानिन्छ :-
त्रिगुणात्मक प्रकृतिबाट बुद्धि, अहंकार,मन,
सात्विक अहंकारबाट पाँच ज्ञानेंद्रिय
तामसिक अहंकार बाट पाँच कर्मेंन्द्रिय
पंच भौतिक तत्व (पृथ्वि, अग्नि, जल, वायु, आकाश )
पाँच विषय (रूप,रस,गंध,स्पर्श,दृष्य)
र चौबिस प्रकारका अचेतन जगत बाहेक चेतन पुरुष (आत्मा) !
शरीर दुइ किसिमको हुन्छ :-
सूक्ष्म शरीर :- [बुद्धि ,अहंकार, मन ]
स्थूल शरीर :-[ पाँच ज्ञानेंद्रिय (आँखो , कान , नाक , छाला , जिब्रो ), पाँच कर्मेंन्द्रिय (मुख , हात , खुट्टा , आची र सु गर्ने द्वार ), पंच भौतिक तत्व ( पृथ्वी , अग्नि, जल, वायु, आकाश ) ]
मान्छे मरे पछि यो शरीर रहन्छ तर सूक्ष्म शरीर पुरै एक सृष्टि काल (४३२००००००० वर्ष) सम्म आत्मा संग रहन्छ र प्रलय कालमा आफ्नो मूल कारण प्रकृतिमा समाहित हुन्छ ! पटक पटक जन्म र मृत्युको यो क्रम चलि रहन्छ शरीर बदलि रहन्छ !तर आत्मा भएको त्यो शूक्ष्म शरीर चाँही सधैं त्यही रहन्छ जुन सृष्टि रचना गर्दा आत्माले पाएको थियो ! तर प्रत्येक नयाँ जन्म लिएपछि नया स्थूल शरीर जीवात्माले पाई रहन्छ !जसका कारण हरेक जन्ममा केहि न केहि हाम्रो शूक्ष्म बुद्धिमा रहन पुग्दछ ! त्यहि कुरा कोहि मान्छेको कुनै जन्ममा कहिले काहीं पुनः जागृत हुन् पुग्दछ ! शरीर विज्ञानका यी स साना कुरा थाहा नपाकाहरु तिनै कुरालाई भुत प्रेत सम्झेर दुखि हुन् पुग्छन ! कहिले काँही कोहि मान्छे मरेर अर्को शरीर धारण गरे पछि कुनै बिषय बस्तुको पुनरावृत्ति हुँदा पुरानो कुरो सम्झिन पुग्छ !पृथ्वीको सबै जीव जन्तु उसले अनुभव पाएको बिषयको पुनावृत्तिको आभाश जब त्यो जीव जन्तुले पाउछ उ त्यसबाट जोगिन चाहन्छ !
पृथ्वीको हरेक जीव जन्तु मृत्युबाट जोगिन प्रयास गर्छन ! त्यो जीवलाई जोगिने प्रेरणा के ले दियो ? त्यो पूर्व मृत्युको अनुभवको कारणले हो ! किनभने उसले मृत्युको अनुभव पूर्व जन्ममा पाई सकेको थियो ! त्यो अनुभव उ संग लुकेर बसेको थियो ! उसको सूक्ष्म बुद्धिमा लुकेको थियो त्यो बिषय पुनरावृत्ति हुनलाग्दा फेरी जागृत भयो ! जस्तो हामीले पहिल्यै भनि सकेका छौ मृत्यु स्थूल शरीरको मात्र हुन्छ सूक्ष्म शरीरको हुदैन ! शुक्ष्म शरीर त् पहिला जे थियो अहिले पनि त्यहि छ !त्यसकारण पुनर्जन्मको सनातनी सिद्धांत प्रत्यक्ष आदि इनै प्रमाणहरु बाटै प्रमाणित हुन्छ ! लामा लामा कुरा र छल फल गर्नै पर्दैन !
आधुनिक विज्ञानको मत :
Einstein को सिधांतले भन्छ :
” Energy cannot be created or destroyed, it can only be changed from one form to another ”
उर्जा ( शक्ति ) उत्पादन गर्न वा नष्ट गर्न सकिन्न तर एक रुपबाट अर्को रुपमा परिवर्तन गर्न सकिन्छ !
उदहारणको लागि :-
विधुत शक्तिलाइ प्रकाश शक्तिमा :- बल्ब द्वारा !
विधुत शक्तिलाइ गतिको शक्तिमा :- पंखा, पानीको मोटर आदि !
त्यसरी नै हाम्रो भौतिक शरीर चलाउने शक्ति जसलाइ आत्मा पनि भनिन्छ त्यो एक रूपबाट अर्को रुपमा प्रवेश गर्दछ !
उपरोक्त सिधांत Einstein ले हाम्रो गीताबाट चोरेका थिए :-
न जायते म्रियते वा कदाचिन्-
नायं भूत्वा भविता वा न भूय: ।
अजो नित्य: शाश्वतोऽयं पुराणो
न हन्यते हन्यमाने शरीरे ।। … गीता २ /२ ०
यो आत्मा कुनै काल खण्डमा न जन्मिन्छ न मर्छ न उत्पन्न नै हुन्छ किनभने यो अजन्मा, नित्य, सनातन र पुरातन छ! शरीर मरेर गए पनि यो मर्दैन !
वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा न्यन्यानि संयाति नवानि देही ।। …गीता २ /२ २
जसरी मान्छे पुरानो लुगा फेर्छन त्यसरीनै जीवात्मा पुरानो शरीर त्यागेर नया शरीर प्राप्त गर्दछ !
Einstein ले उपरोक्त दुवै श्लोकहरु मिलाए Soul लाइ energy भने बाकि सारा कुरा जस्ताको त्यस्तै राखी दिए अब यी चोर नभए के हुन् आफै बिचार गर्नोस !
“When I read the Bhagavad-Gita and reflect about how God created this universe everything else seems so superfluous.”
― Albert Einstein
प्रवीण अधिकारीकाे फेसबुकबाट