गणेश पाण्डेय, पोर्तुगल।
सुदुरपश्चिम बैतडी दोगडाकेदार गाउपालिका वडा नम्बर ६ सित्तड टोलका कटी भुलको स्वास्थ्य अवस्थाको बारेमा ” उपचार खर्च अभावमा यस्तो दर्दनाक जीवन बाच्न बाध्य छन् सुदुर पश्चिमका कटी भुल – सहयोगका लागि सबैमा अपील ” शिर्षकमा समाचार सम्प्रेषण भएपछि उनको अवस्था र उपचारमा सहयोग गर्न ” कटी भुल उद्धार समुह ” बन्यो र सो समुहले सहयोग र उद्धारमा आफ्नो काम शुरु गर्यो। सो समुहमा संसारभरबाट धेरै मनकारी नेपालीहरु जोडिए र सहयोगको लागि हात अगाडी बढाईरहेका छन्।
यसैक्रममा निज भुललाई उपचारको लागि काठमाडौँ लैजाने क्रममा उनको दाहिने खुट्टाको तल्लो भाग आफै चुडीएर खसेको छ। उनको प्राथमिक उपचार धनगढी अस्पतालमा गरेर काठमान्डौ पुर्याईएको छ।
भुलले सुरुवातमा आफ्नो सम्पूर्ण घरखेत बेचेर भारतमा उपचारमा २ लाख खर्च गरिसकेको र आफुसंग उपचारका लागि सम्पत्ति केही पनि नभएकोले मृत्यु कुर्नु र मौनता बाहेक कुनै बिकल्प नै रहेन । यसैबीचमा कटी भुलको रोगको बारेमा डाक्टरहरुसंग परामर्श गर्दा उनलाई Gangrene रोग लागेको र जस अनुसार समयमा नै उपचार नभए घाउ फैलदै गई नशा र मासु झर्दै गएको र बिस्तारै अंग समेत झर्दै गएकोले सकेसम्म चाडो उपचार गर्नुपर्ने भएको छ ।
कटी भुलको उपचार र जीवन रक्षाको लागि ” कटी भुल उद्धार समुह ” गठन गरिएको छ , पोर्तुगलमा ” नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगल ” ले निज भुलको उपचारको लागि सहयोग संकलन कार्य शुरु गरेको छ। ” सेवा नै धर्म हो , मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो ” भन्ने भावनालाई आत्मसात गर्दै पोर्तुगलवासी सम्पूर्ण नेपालीहरुमा आफुले सकेको सहयोगको लागि अनुरोध छ। पोर्तुगल र युरोप मा सहयोग गर्न चाहनुहुने मनकारीहरुले निम्न खातामा ” कटी भुल ” रिफ्रेन्स नाममा निम्न खातामा सहयोग रकम जामा गर्न सक्नुहुनेछ वा निम्न व्यक्तिहरुसंग सम्पर्क गर्नहुने अनुरोध छ :
सम्पर्क व्यक्तिहरु :
गणेश पाण्डेय – 00351 – 920302722
योगेन्द्र मिलन छन्त्याल – 00351 – 920020640
प्रबिन धिताल – 00351 – 920396262
शम्भु सिलवाल – 00351 – 920074118
भगवान गिरी – 00351 – 920530022
राजकुमार थापा – 00351 – 920019249
अर्जुन जयसवाल – 00351 – 920288114
बेलायतमा कटी भुल सहयोगका लागि निम्न व्यक्तिलाई सम्पर्क गर्न सक्नुहुनेछ।
सुवास भट्ट – 0044-7429072886 /01865434971
मध्य पुर्व, खाडीमा र नेपालमा कटी भुल सहयोगका लागि निम्न व्यक्तिलाई सम्पर्क गर्न सक्नुहुनेछ।
यो अभियानमा सहभागी हुन चाहनेहरुले कृपया सम्पर्क गर्नुहोला।
यो पनि पढ्नुहोस्।
उपचार खर्च अभावमा यस्तो दर्दनाक जीवन बाच्न बाध्य छन् सुदुर पश्चिमका कटी भुल – सहयोगका लागि सबैमा अपील !