मासु पकाउदा होस् या तरकारी दुवैमा प्याज मिसाउँदा स्वादिस्ट बन्छ। प्याज स्वादको लागी मात्र होइन स्वास्थ्यको लागी पनि लाभदायक छ।
प्याज तरकारी/सब्जी आदिमा हालिने मसलाको रूपमा प्रयोग गरिने मसला फल जो माटामनि फल्छ। प्रायः सबै ठाउँमा यो मसलाको उत्पादन हुन्छ।नेपालका पचहत्तरै जिल्लामा प्याज खेती हुने गरेको छ।
आउनुस् जानौ काँचो प्याजको केहि फाईदाहरू
काँचो प्याजमा फाइबरको मात्र ज्यादा पाईने हुनाले पाचन प्रक्रियामा सहयोग पुग्छ र पेट सफा हुन्छ।
धेरैको गर्मीको समयमा नाकबाट रगत बग्ने समस्या हुन्छ। यदि हरेक दिन काँचो प्याज खाने हो भने यो समस्याबाट मुक्ति मिल्छ।
दाँतको गिजाबाट रगत बग्ने समस्या छ भने काँचो प्याजलाई उमालेर दाँतको मुनि तीन-चार मिनेट राख्नाले रगत बग्न छोड्छ।
क्यान्सर रोगीहरुले दैनिक रुपमा काँचो प्याज खाने गर्नाले उपचार गराईरहेका बिरामीको लागी लाभदायक हुन्छ।नियमित प्याज खाने गर्नाले पेट,फोक्सो,प्रोस्टेट क्यान्सर रोग लाग्ने सम्भावना कम हुन्छ।
पिसाब सम्बन्धी रोगमा पनि क्यान्सर काँचो प्याज राम्रो मानिन्छ।
कोलेस्टोर भएकाहरुले नियमित काँचो प्याज खाने गर्दा कोलेस्टोरलाई सन्तुलित राख्छ।
एक अनुसन्धान अनुसार प्याज नखानेहरुको तुलनामा प्याज खानेहरु बढि स्वस्थ्य रहने देखियो।
काँचो प्याज उच्च रक्चाप,मुटु रोगको लागी पनि धेरै लाभदायक छ।-एजेन्सी