बुढो देखिन जो कोहीलाई पनि मन लाग्दैन, उमेर पाकेपनी जवान देखियोस भन्ने चाहना हुन्छ ।
आम मानिसमा जान वा अन्जानमा केही यस्ता बानीहरु हुन्छन्,जसको कारण छालामा चाउरी तथा डन्डीफोर देखीनुको साथै छिट््टै बूढ्यौली तिर हामीलाई धकेलीरहेको हुन्छ ।
१। लगातार सम्बन्धमा खटपट तथा तनाब आइरहँदा शरीरमा एक प्रकारको हर्मोन निश्काशन हुन्छ जसले प्रतिकुल असर एवं अनुहारमा चाउरी देखीन थाल्छ ।
२। बिहानको नास्ता नलिने बानीले पनि दिनभर थकाईको साथै कमजोर महशुस हुनुले समय अघि नै अनुहारमा चाउरी देखीन थाल्छ ।
३। लगातार एकै ठाउँमा धेरै बेर बसेर काम गर्ने गर्नाले खाएको खाना डाईजेस्ट नभई शरीर मोटो देखीन थाल्छ जसको प्रतिकुल असर अनुहारमा पर्दछ ।
४। दिनभर कम्तिमा आठ देखी नौ गिलास पानी नपिउने बानी जसले शरीरमा डिहाईड्रेट भई शरीर शुक्खा हुनुको साथै अनुहारमा चाउरी देखीन थाल्छ ।
५। रक्सी, गाँजा, ड्रग्सको नशामा रहने ब्यक्तीको शरीरमा कार्टीशोल नामक हर्मोन रिलिज गरी स्ट्रेस बढाउने हुँर्दा समय अगावै मानिस बूढो देखीन थाल्छ ।
६। एकै चोटी धेरै काम गर्ने गर्दा धेरै नै परिश्रम पर्न गई थकान पर्न जान्छ र दिमाग भारी भई मुटुमा समेत असर देखीन थाल्छ र यसलेै अनुहारमा पनि गहिरो असर पार्दछ ।
७। धेरै अनुशन्धानहरुले यो देखाएको छ कि पुरै नीन्दा्र नलिने बानी जस्तो कम्तिमा ७ देखी आठ घण्टा नसुत्ने गर्दा हाई ब्लड प्रेसर ,स्ट्रेस, मुटु सम्बन्धी सम्स्या देखीन थाल्छ र सोझै असर अनुहारमा देखीन थाल्छ ।
८। दही,दूध,अण्डा,माछा, मासु, हरीयो सागपात जस्ता अत्याबश्यक भिटामीन युक्त खाना नखाँदा शरीरलाई आबश्यक तत्वको कमि हुन गई मानिस समय अगावै बूढो देखीन्छ ।
९। घाममा घुमफिर गर्दा सनस्क्रिन क्रिम नलगाउँदा पनि अनुहारमा घामको बिकिरणले अनुहारको नरमपना सोसेर कालो तथा दाग देखींदै जान्छ ।