काठमाडौं । मुंगको दाल स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । मुंगको रस दिनँहू खानाले धेरै रोगहरु लाग्नबाट बचाँउछ । मुंगलाई दालको रानी पनि मानिन्छ । यो दाल १० दिन सम्म लगातार खानाले तौल घटाउनुको साथै शरिरमा भएको टोक्सिन पनि बाहिर निकाल्छ ।
मूगको रसका फाईदाहरुः
१) यसमा प्रोटिन, फ्लेवोनाईड्स पाईनुका साथै यसले शरिरलाई पोषण दिन्छ ।
२) यसमा भारी मात्रामा अल्कलाइन, मिनेरल जस्तैः क्यालसियम, पोटासियम र सोडियम पाइन्छ ।
३) दालमा प्रोटिन्स, भिटामिन–सी धेरै मात्रामा हुन्छ साथै डार्यटी फाइबर पनि पाईन्छ ।
४) याद राख्नुस की दालसँग दूध, दहि, चीज नखानुस, बरु यसलाई दालमै हालेर बनाउन सकिन्छ ।
५) दुई मुठी मूगको दाललाई एक लिटर पानीमा गिलो बनाएर अर्को दिन खाँदा यसले भरपुर तागत दिन्छ ।
६) यो दाल फ्रिजमा राखेर खाँदा पनि स्वास्थ्यमा असर गर्दैन ।
७) मूगले लिवर, गाल ब्लेडर र रगत सफा पार्नुको साथै शरिरलाई उर्जा समेत प्रदान गर्छ ।
८) यसले पसिनाको कारण इमिन्यू सिस्टममा आउने गडबडीलाई कम गर्छ । मूगको दाल सजिलै पचाउँन सकिन्छ साथै शरिर तथा दिमागलाई पनि स्वास्थलाई राख्छ ।
स्राेत : केन्द्रबिन्दु