साप्ताहिक राशिफल (वि.सं. २०७५ आषाढ ३१ गतेदेखि वि.सं. २०७५ श्रावण ०५ गतेसम्म)

साप्ताहिक राशिफल (वि.सं. २०७५ आषाढ ३१ गतेदेखि वि.सं. २०७५ श्रावण ०५ गतेसम्म)आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : ३१ गते : ब्रतबन्ध (उपनयन), ३२ गते : मूहुर्त : अग्निवास(होमादि), ०१ गते : श्रावण संक्रान्ति, दक्षिणायन प्रारम्भ, कण्डारक पूजा, लुतो फाल्ने, थारु गुरिया पर्व, वैतडी गुजरमा बनारसी साउने मेला, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा),
०२ गते : देउपाटनमा गंगा माई रथयात्रा, सूर्य पूजा, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, ०३ गते : अष्टमी व्रत, गोरखकाली पूजा, मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), शिलान्यास (सामान्य), वस्त्राभरण(गुन्युचोलो), कलशचक्र, ०४ गते : मूहुर्त : अग्निवास(होमादि), गृहारम्भ (घरको जग राख्ने), वास्तुमुहूर्त, वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने, कलशचक्र,
०५ गते : मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), वास्तुमुहूर्त, कलशचक्र


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
साताको प्रारम्भमा घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ, तर साताको सम्पूर्ण समय तपाईंका लागि सकारात्मक रहने देखिन्छ । बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइले तपाईंका सकारात्मक कामको समुचित मूल्याङ्कन गर्नेछन् । मनोरञ्जनका लागि राम्रै समय छ । खासगरी सप्ताहान्तमा आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । रामरमाइलो र प्रणयप्रसंगका लागि अनुकूल समय छ । यद्यपि बुधवार र बिहीवार छैंटौं चन्द्रमाको प्रभावले वादविवाद र झैझगडाबाट सतर्क रहनु बेस हुन्छ । हातहतियार र आगोको प्रयोग गर्दा सचेतता अपनाउनु राम्रो हुन्छ । त्यसैले यो साता चुनौती र परीक्षणका रूपमा देखा परेको छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ । समय उत्साहवद्र्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । अध्ययन अध्यापन सफल रहेको छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । सोमवार र मंगलवार घरपरिवारमा मतभेद हुने ग्रह योग छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । सानातिना कामको झमेला आउनसक्छ । गरिएको लगानीबाट दीर्घकालीन फाइदा नहुन सक्छ । उता शुक्रवार र शनिवार पाचनप्रणाली र नसासम्बद्ध रोगले दुःख दिन सक्छ । दृष्टिशक्तिमा कमी आउन सक्छ । व्यवहारिक समस्याले अवरोध हुने सम्भावना छ । यद्यपि साताको अन्त्यमा मन आनन्दका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यो साता तपाईंको परिवारमा ठूलो जमघट वा धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । कतिपय सामाजिक काममा तपार्इंको प्रत्यक्ष संलग्नता र भूमिकाको खाँचो पर्नेछ । विशिष्ट व्यक्तिले विचारको कदर गर्नेछन्, महत्वपूर्ण कार्य सम्पन्न हुने मौका छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित बन्नुहुनेछ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । बुधबार र बिहीवार आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मातापिता र मान्यजनको स्वास्थ्यप्रति सचेत रहनुपर्छ । गरेका कामधन्दा र मिहिनेतबाट लाभ हुनेछैन । रोकिएको कामधन्दामा प्रगति हुन सक्दैन । तर साताको अन्त्यमा घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । पढाइमा पनि प्रगति हुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो लाभ हुने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ, यस अवधिमा सुरु गरिएको क्रियाकलापले दीर्घकालिक फाइदा पुग्नेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । आर्थिक क्षेत्र सबल रहने छ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । सप्ताहान्तमा जिम्मेबारी वहन गर्नु पर्नेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउने छ । ढिलै भए पनि तपार्इंले भने जसरी नै काम सम्पन्न हुनेछ । तर आगामी शुक्रवार र शनिवार घरायसी समस्याका कारण घरबाहिर जानुपर्ने सम्भावना देखिन्छ । कामधन्दा र पारिवारिक समस्यामा केन्द्रित हुनाले फुर्सद निकाल्न सकिंदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आकस्मिक र बाध्यताका खर्च बढ्ने समय छ । सट्टापट्टा वा जुवाजन्य क्रियाकलापमा धननाश हुनसक्छ । लामो दूरीको आकस्मिक यात्राको सम्भावना देखिन्छ, सोचेजस्तो लाभ मिल्न सक्दैन । व्यवहारिक खर्चको मात्रा बढ्नेछ । सोमवार र मंगलवार नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउने समय हो । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न अनुकूल हुनेछ । सप्ताहान्तमा पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुन सक्छ । पुराना साथीभाइसित भेटघाट हुनसक्छ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । दीर्घकालिक योजनालाई मूर्त बनाउन चिन्तन महत्त्वपूर्ण बन्न सक्छ । साताको अन्त्यमा साताभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मिश्रित प्रभाव भएको साता छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । पठनपाठनमा प्रगति हुनेछ । दानपुण्यका लागि असल छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । सोमवार र मंगलवार अनावश्यक खर्चमाथि नियन्त्रण गरेको जाति हुन्छ । कृषिक्षेत्रबाट बेफाइदा हुनेछ । यात्रा घातक बन्नसक्छ । अनावश्यक र निरर्थक लगानी बढ्नेछ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । स्वास्थ्य प्रतिकूल रहनेछ । चिन्ता र शङ्काले मन व्याकुल हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुँदैन । शुक्रवार र शनिवार मन उत्ताउलो र अधैर्य बन्नसक्छ, संयम हुनु राम्रो हुन्छ । चिन्तनमनन र अध्यात्मप्रति आकर्षित हुँदा राम्रो हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कर्मक्षेत्रको सक्रियता रहने राम्रो साता छ, त्यसैले यो समय विशेष महत्वको समय हुनेछ । सोमवार र मंगलवार आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । तर बुधबार र बिहीवार बन्दव्यापार, श्रममूलक काम, कृषि तथा पशुपालनका क्षेत्रमा सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, दैनिक कामकाजमा खर्च बढ्ने छ । शुक्रवार र शनिवार काम गर्न जाँगर चल्नेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । समग्रमा राम्रो साता छ, कुनै दिन आकस्मिक रूपमा अतिथिको आवाभगत गर्नुपर्ने हुनसक्छ । जुनसुकै काममा के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ, समयलाई उपयोग गर्नसके राम्रो फाइदा लिन सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
भाग्यस्थानमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएको छ, सुखसुविधा र मनोरञ्जनमा भुलिने समय छ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने समय पनि हो, जसबाट प्रशंसा र शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । सोमवार र मंगलवार आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले समय बितेको पत्तो पाउनु हुन्न, तर श्रमिक, पशुपालक र कृषकले अलि बढी थाकेको अनुभूति गर्नेछन् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । साताको अन्त्यमा व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । बौद्धिक प्राज्ञिक गतिविधिमा संलग्न हुनेपर्ने छ । तर जे गरे पनि बिहीवारभित्रै गर्नुपर्छ किनभने सप्ताहान्तमा बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । धैर्यले काम लिने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यो साता व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । प्रारम्भमा झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, धेरै टाढा जानु हुँदैन । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । बोलीमा संयमता अपनाउनु पर्छ किनभने आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । सोमवारपछि साताको बाँकी भाग राम्रो छ, साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । आम्दानीमा कमी आउने छैन । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । समग्रमा धैर्यधारण गरी परिश्रम गर्ने समय हो, साताको अन्त्यमा विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सुरुमा हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा समय बित्नेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । आइतबार बेलुकी आठौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ । राशिमा मंगल र केतुको युतिसम्बन्ध भएकाले सवारीसाधन हाँक्दा, बाटो काट्दा र हातहतियारको प्रयोग गर्दा सचेत हुनुपर्छ । साताको अन्त्यमा रोकिएको काम बनेको समाचार सुन्न पाइने छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । नयाँ ज्ञान प्राप्त हुनेछ । आमाबुवाको स्वास्थ्यमा सुधार आउने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । अतः मिश्रित प्रभाव भएको साता छ, मनोरञ्जनात्मक क्रियाकलापबाट हानि पुग्ने भएकाले सतर्कता अपनाउनु राम्रो हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सहयोगी हातहरू पछि हट्न सक्छन् । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । भोगविलासमा मन जानेछ । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय होइन । आर्थिक सङ्कटको योग छ । लेनदेनमा विवाद हुनेछ । व्यवहारिक हानी हुनेछ, त्यसैले संयमताका साथ अघि बढ्ने साता छ । यद्यपि सोमवार मंगलवार रमाइलो समय रहनेछ, कामधन्दा र व्यवसायमा प्रगति हुनेछ । प्रायः सबैले प्रणयसम्बन्ध र रतिरागका लागि समय छुट्याउने छन् । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । उता शुक्रवार र शनिवारका दिन इष्टमित्रले प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । अप्रत्याशित काम बन्ने योग छ । इच्छाएको जिम्मेबारी प्राप्त हुनसक्छ । साताको प्रभाव मध्यमखालको भए पनि पारिवारिक जीवन सामान्य रहने छ । खानपानमा खर्च गर्न मन हौसिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बुद्धिक्षेत्रको चन्द्रमाका साथमा साताको प्रारम्भ भएकाले जे गरे पनि आफ्नै बुद्धि खियाएर काम गर्ने समय छ । सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । शुभसमाचारको आगमनले मन प्रसन्न रहने समय छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । सोमवार र मंगलवार सहयोगी हातहरू पछि हट्न सक्छन् । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । त्यस्तै शुक्रवार र शनिवार आठौं भावमा चन्द्रमा हुने भएकाले स्वास्थ्यस्थिति प्रति सचेत हुनुपर्नेछ । समग्रमा मिश्रित प्रभाव भएको साता हो, कामको चाप बढे पनि मन भुलाउने उपायको प्राप्ति हुनेछ । पारिवारिक समस्यालाई हल गर्न तल्लीन हुनुपर्ने छ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा शुभफल पाइने छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार