कस्तो छ हावामा चल्ने रेल? जसले २ सय यात्रु बोक्न सक्छ !(भिडियोसहित )

चीनले नयाँ प्रविधिमा आधारित स्वचालित स्काई ट्रेन तयार गरेर नयाँ रेकर्ड कायम गरेको छ । स्काई ट्रेन नयाँ सस्पेन्सन प्रविधिमा आधारित छ र यो जमिनमा नभई हावामा बिच्छ्याइएको रेल लाइनबाट अगाडि बढ्छ ।

यसले एकै पटकमा २ सय यात्रुलाई एक स्थानबाट अर्को स्थानमा पु-याउन सक्छ ।

नयाँ स्काई ट्रेनलाई चीनको चेङदु सहरमा अवस्थित मोनोरेल ट्रयाकमा परीक्षण गरिएको छ । यसले ८० किलोमिटर प्रतिघण्टाको टप स्पिड लिएको थियो ।

लन्चको समयमा यसलाई बिना ड्राइभर स्वचालित तरिकाले चलाइएको थियो ।
स्काई ट्रेनको डिजाइन एक प्रकारको पान्डा आकारको छ । यसलाई जायन्ट पान्डा पनि भन्न सकिन्छ ।

परीक्षण गर्नका लागि पहिले नै ११ दशमलव ३ किलोमिटर लामो रेल लाइन बनाइएको छ । त्यसपछि मोनोरेल ट्रयाकको तल यसलाई गुडाइएको थियो ।

यसलाई विशेष गरी पर्यटकीय स्थल भ्रमण गर्नका लागि प्रयोगमा ल्याइने बताइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार