अखिलेश यादव, रौतहट
रौतहटको चन्द्रपुर–४ स्थित पूर्व पश्चिम राजमार्गमा आज बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।
पोखरा बाट जनकपुर आउँदै गरेको ना ५ त ४५६२ नम्बरको बसको अगाडीको चक्का पड्कदा पूर्व पश्चिम राजमार्गको चन्दपुर–४ लमाहा जङ्गल क्षेत्रमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा परी रौतहटको ईश नाथ नगरपालिका निवासी ३२ वर्षीय सन्तोष गुप्ता गम्भीर घाइते भएका छन् । बसमा सवार अन्य यात्रु सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घाइतेहरूको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ ।