शास्त्रमा देवी लक्ष्मीलाई चन्चला भनिएको छ चंचलाको अर्थ हुन्छ एक स्थानमा स्थिर बसी न रहने। आज लक्ष्मी तपाइको घरमा छिन भने भोलि अरु कसैको घर्म बास गर्ने छिन। सनातन धर्म को अनुसार धन कि देवी महालक्ष्मी हुन्। धन को अभावमा हाम्रो जीवन यापन गर्न सम्भव हुदैन। शुक्रबार महालक्ष्मी को सबैभन्दा प्रिय दिन मध्ये प्रमुख दिन हो। यो दिन यदि तपाई केहि उपाय गर्नु भयो भने धनको वर्ष हुनेछ। जसलाई आर्थिक अभाबले दुख समस्यमामा छ उसले लक्ष्मीको पुजा गरि मातालाई प्रसन्न गर्नु पर्दछ।
आफ्नो घरको बाहिर चन्दन अथवा सिन्दुर ले स्वस्तिक चिन्ह बनाउनुस यसले माता लक्ष्मीलाइ आकर्षित गर्ने छ। साझमा माटो या तामाको दियो मा तिलको तेम मा दिप जलौनुस् । जुनसुकै पात्र भए पनि रंगी बिरिंगी फुल राखेर मुख्य द्वार को छेउमा राख्नुस अथवा घर को उत्तर या पुर्व दिशामा रख्नुस. यो उपायले परिवार को मुली को येइश्वर्य बढ्ने छ।
राशी अनुसार यी उपाय गर्नुस:
मेष : तिजोरिमा माता लक्ष्मी को चादीको प्रतिमा राख्नुस ब्यापारमा धन वृद्धी को योग बन्नेछ।
बृष : चाँदीको सिक्काको पुजा आजा गर्नुस सुख सौभाग्य मा वृद्धि हुनेछ।
मिथुन : चादीको कुनै पनि बस्तु किनेर मन्दिर मा राख्नुस।
कर्कट : माता लक्ष्मी को खुवा बाट बनेको मिठाई चडाउनुस जीवन सधै मिठास बनि रहनेछ।
सिंह : बैबाहिक जीवनमा सुमधुरता का लागि जीवन साथि लाइ सुन बाट बनेकोकुनै पनि बस्तु गिफ्ट दिनुहोस।
कन्या : घर मा लक्ष्मी को बसेको प्रतिमा राख्नुहोस।
तुला : लबमेट लाइ लक्ष्मीलाइ चडाएको गुलाब दिनुहोस।
वृश्चिक : देवी लक्ष्मीलाई खिर चडायेरा विवाहित महिलालाई बाड्नुहोस।
धनु : ब्याबसाय मा फाइदा को लागि उन्नतिको लागि चाँदी को थालि किनुहोस सम्भव छैन भने चादी को चकौर टुक्रा पनि खरिद गर्न सक्नु हुन्छ।
मकर : आफ्नो आमालाई सुन या चाँदी बाट बनेको कुनै पनि चिज उपहार दिनुहोस।
कुम्भ : धन लाभ को लागि पंचधातु बाट बनेको लक्ष्मी गणेश को प्रतिमा किन्नुहोस।
मीन: लक्ष्मी-गणेशजी लै सेतो मिठाई चडाउनुहोस।