नुवाकोटको बिदुरमा बस दुर्घटना, घाइतेको संख्या ४० पुग्यो

नुवाकोटको बिदुर नगरपालिका -९ लामाटारमा यात्रुबाहक बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ४० पुगेको छ । बुधबार बिहान १० बजे ५० जना यात्रु बोकेर त्रिशुली तर्फ आउँदै गरेको पासाङ लामु यातयातको बा.२ ख.२८०४ नं.को यात्रुबहाक बस सडक देखि ४० मिटर तल खसेको हो ।

मिनिट्रकलाई साइड दिनेक्रममा सडक भासिएर बस दुर्घटना हुँदा ४० जना घाइते भएको नुवाकोट प्रहरी प्रमुख एसपी बसन्तबहादुर कुँवरले जानकारी दिए ।

दुर्घटनामा परि गम्भीर घाइते भएका सात जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेहरुको त्रिशूली अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार